• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

जेसीबीमाथी सुख्खा पहिरो खस्दा सह–चालकको मृत्यु

  • २०८२ मंसिर २२, सोमबार

बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ सिथ्त कराचेमा रोकिएको जेसीबीमाथी सुख्खा पहिरो खस्दा सह–चालकको मृत्यु भएको छ ।

आइतबार गण्डकी प्रदेश–०२–००१ क ०००२ नम्बरको जेसीबी सफा गर्ने क्रममा निर्माणस्थल माथिबाट खसेको पहिरोका कारण सहचालकको मृत्यु भएको छ ।

माथिल्लो भागबाट अचानक ढुङ्गा सहितको पहिरो खस्दा रोल्पा घर भएका १९ वर्षीय सहचालक बिशाल पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिल भारतीले जानकारी दिनुभयो । पहिरोले जेसीबीमा समेत क्षति पु¥याएको छ ।

  • २०८२ मंसिर २२, सोमबार