• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

लैंगिक हिंसा अन्त्यकालागि सेवा केन्द्र, ओसिएमसी र प्रहरीको सचेतना अभियान

  • २०८२ मंसिर २३, मंगलवार

बागलुङ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई जनमुखी र प्रभावकारी बनाउन १६ दिनको कार्यक्रम तय गरी वडा तथा बस्तीस्तरमा केन्द्रित रहेको बागलुङ नगरपालिकाले सोमबारसम्म पालिकाका १२ वडाहरुमा कार्यक्रम सम्पन्न गरेको छ । अभियानलाई सफल बनाउन बागलुङ नगरपालिकामा रहेको हिंसा प्रभावितहरुको सेवा केन्द्र, धौलागिरी अस्पतालमा रहेको एक द्धारा संकट व्यवस्थापन समिति ओसिएमसी र जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा बालबालिका शाखाले संयुक्त रुपमा अभियान चलाइरहेका छन ।

अभियानमा सहभागि नगर उप प्रमुख एवं हिंसा प्रभावितहरुको सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक राजु खड्काले १६ दिने अभियानसंगै लैंगिक हिंसा बिरुद्ध कार्य गरिरहेको नगर पालिकाको सेवा केन्द्र, अस्पतालमा रहेको ओसिएमसी, जिल्ला प्रहरी कार्यालयमा रहेको महिला सेलले गर्ने कार्यहरुका बारेमा समुदायमा जानकारी गराउदा अभियान थप प्रभावकारी देखिएको बताउनु भयो । हिंसा न्यूनिकरणकै लागि नगरपालिकाले संचालन गरेको मनोपरामर्शकर्ता तालिमका मनोपरामर्शकर्ताहरुले समेत सहभागिहरुलाई मानसिक स्वास्थ्यबारे जानकारी गराएका छन ।
१६ दिने अभियानकै क्रममा बानपा १२ स्थित पृथ्वी हिरन्य मा.वि र डनसाइन बोर्डिङका बिद्यार्थिहरुले सडक नाटक सहित सांस्कृतिक कार्यक्रम संचालन गरेका थिए । यसै गरी सामुदायिक स्वास्थ्य स्वंयम सेविकाहरुले पनि गित संगित मार्फत लैंगिक हिंसा अन्तका लागि आवाज बुलन्द गरे । बानपा १२ मा निगरानी समिति संयोजक मिना बि.क को अध्यक्षता, वडा सचिव कल्पना आचार्यको संचालन र स्वास्थ्य चौकी प्रमुख कृष्ण प्रसाद पौडेलले स्वागत गर्नु भयो । वडा अध्यक्ष कोपिलामणी शर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बनपा १३ स्थित ढाडामा सोमबार वडा सदस्य एवं निगरानी समिति संयोजक पुजा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय जनप्रतिनिधी, तथा समुदायहरुसंग अन्तक्रिया गरियो । त्यस अवसरमा डा.राम बहादुर के.सी, स्थानियबासीहरुले लैंगिक हिंसाका कारण समाजमा घटेका घटनाहरुबारे चर्चा गर्दै हिंसा न्यनिकरणका लागि सबैको सहभागिता जरुरी रहेको बताए ।

बानपा ६ स्थित लहरेपिपल मा.वि.मा आयोजित कार्यक्रममा लैंगिक हिंसा न्युनिकरणका कार्यक्रमहरु समुदायस्तरमा केन्द्रित हुनु पर्ने आवश्यकतामा जोड दिदै समुदायको सचेतनाका लागि निरन्तर कार्यक्रम आवश्यक रहेको सहभागिहरुले बताएका थिए । बानपा ६ वडा सदस्य एवं निगरानी समिति संयोजक शान्ता नेपालीको अध्यक्षता, स्वास्थ्य चौकी प्रमुख विष्णु प्रसाद शर्माले सहजिकरण गर्नु हुदै वडास्तरमा गठित निगरानी समितिलाई आगामी दिनमा प्रभावकारी रुपमा संचालन गरिने जनाउनु भयो ।

अभियानको क्रममा बागलुङ नगरपालिकाको सेवा केन्द्र प्रमुख रचना आचार्य सहित ओसिएमसीका डा. संदिप के.सी र प्रहरी सहायक निरिक्षक कृष्ण प्रसाद पोखरेलले लैंगिक हिंसा न्यनिकरणका लागि गरिरहेका प्रयासबारे जानकारी गराउदै हिंसा प्रभावितहरुलाई आवश्यक सहयोगका लागि आफुहरु सधै तयार रहको बताउनु भयो ।

अभियानमा मनोपरामर्शकर्ता शान्तिदेवी शर्मा र आरधना पौडेलले मानसिक स्वास्थ्यबारे चर्चा गर्दै पछिल्लो समय डिजिटल प्रविधिको कारण समुदायमा परेको प्रभावबारे जानकारी गराउनु भएको थियो ।

भियानलाई जनमुखी र प्रभावकारी बनाउन १६ दिनको कार्यक्रम तय गरी वडा तथा बस्तीस्तरमा केन्द्रित रहेको बागलुङ नगरपालिकाले सोमबारसम्म पालिकाका १२ वडाहरुमा कार्यक्रम सम्पन्न गरेको छ । अभियानलाई सफल बनाउन बागलुङ नगरपालिकामा रहेको हिंसा प्रभावितहरुको सेवा केन्द्र, धौलागिरी अस्पतालमा रहेको एक द्धारा संकट व्यवस्थापन समिति ओसिएमसी र जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा बालबालिका शाखाले संयुक्त रुपमा अभियान चलाइरहेका छन ।