• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

धौलागिरी प्रादेशिक अस्पतालको अध्यक्षमा श्रीप्रसाद शर्मा

  • २०८२ मंसिर २३, मंगलवार

बागलुङ । बागलुङको धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा श्रीप्रसाद शर्मा नियुक्त हुनुभएको छ ।

शर्मालाई गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्ले नियुक्ती गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा शर्मालाई नियुक्त गरेको गण्डकी प्रदेश सरकार मन्त्री परिषद्का प्रवक्ता तथा आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङले जानकारी दिनुभयो ।

प्रवक्ता गुरुङले गण्डकी प्रदेशका अन्य जिल्लाका व्यवस्थापन समितिमा समेत नियुक्त गरेको जानकारी दिनुभयो ।

  • २०८२ मंसिर २३, मंगलवार