बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रीत अभियान सञ्चालन गर्ने भएको छ । रास्वपा बागलुङको शनिवार गलकोटमा सम्पन्न विस्तारित वैठकले निर्वाचन केन्द्रीत अभियान सञ्चालनका लागि दुई वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
क्षेत्र नं. १ मा नेपाली सेनाका सेवा निवृत मेजर रोशन कार्कीको संयोजकत्वमा र क्षेत्र न. २ मा जिल्ला उपसभाति ढालेन्द्र रायमाझीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको रास्वपा बागलुङले जनाएको छ । निर्वाचन परिचालन समितिमा वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्र तथा प्रवाससम्म पार्टीको आधिकारिक जिम्मेवारीमा रहेका सबै व्यक्तिहरु पदेन सदस्य रहने छन् । निर्वाचन परिचालन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्ने शुभेच्छुकहरुलाई समेत समेटिने कंडेलले बताउनुभयो ।

रास्वपाले चुनावलाई केन्द्रीत गरेर पार्टीका सम्पूर्ण जिम्मवारीमा रहेका नेता कार्यकर्तालाई परिचालन गर्न शुरु गरेको २०७९ मा बागलुङ क्षेत्र नं. १ का रास्वपा उमेदवार खिमानन्द कंडेलले जानकारी दिनुभयो । रास्वपा बागलुङका सभापति महेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न जिल्ला स्तरीय विस्तारित वैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीले सञ्चालन गर्ने अन्य गतिविधि, विपक्षीहरुका रणनीतिको पहिचान र सो अनुसार संगठन परिचालन लगायतका विषयमा छलफल गरिएको थियो । विस्तारित वैठकमा रास्वपाका केन्द्रीय प्रतिनिध िछविलाल डुम्रे, प्रदेश समितिका उपाध्यक्ष मिना शर्मा आचार्य, प्रदेश समिति सदस्य सी.बि. थापा, गत निर्वाचनका उमेदवार खिमानन्द कंडेल, प्रदेश संगठन समितिका सदस्य तथा बागलुङका सचिवालय संयोजक खिमानन्द पौडेल, जिल्ला उपसभापति ढालेन्द्र रायमाझी, क्षेत्र नं. १ क्षेत्रीय सभापति बालकृष्ण शर्मा, क्षेत्र नं. २ क्षेत्रीय सभापति दिपक घर्ति मगर, बागलुङ नगर सभापति राम प्रसाद अधिकारी, जैमिनी नगर सभापति राजेन्द्र शर्मा, बरेङ गाउँपालिका समितिका सभापति अर्जुन पौडेल, बडिगाड गाउँपालिका सचिव रमेश घिमिरे लगायत जिल्ला सल्लाहकारहरु, वडा समितिका पदाधिकारीहरुले पार्टीको संगठन विस्तार, निर्वाचन केन्द्रीत अभियान लगायतका विषयमा धारणा राख्नु भएको थियो । कार्यक्रममा स्वागत गलकोट नगर सभापति राजेन्द्र पुन र सञ्चालन जिल्ला सचिव बबिन नेपालले गर्नु भएको थियो ।
