• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

म्याग्दीका प्रकाश : युवातर्फ एमालेको केन्द्रीय सदस्यका उम्मेदवार

  • २०८२ मंसिर २९, सोमबार

बागलुङ।  नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको पिंधबाट उठेका युवा नेता प्रकाश पौडेल एमालेको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा होमिनु भएको छ । काठमाडौंमा जारी एमालेको एघारौ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा पौडेलले गण्डकी भुगोलतर्फ युवा कलष्टरमा उमेदवारी दर्ता गराउनु भएको छ ।

विद्यार्थी राजनीतिमै काम गर्ने लक्ष्य थियो, विद्यार्थी संगठनको अध्यक्षमा पराजित भए, अब पार्टीको राजनीतिमा सक्रिय हुने योजनाका साथ अगाडि बढेको छु, पौडेलले भन्नुभयो,–‘महाधिवेशनका प्रतिनिधिहरुले न्याय गर्नु हुनेछ भन्ने विश्वासमा छु ।’

सिर्जनात्मक र रचनात्मक गतिविधि मार्फत विद्यार्थी राजनीतिमा छुट्टै तरंग ल्याउन सफल सक्रिय युवा प्रकाश म्याग्दीबाट सर्वसम्मत एमालेको महाधिवेशन प्रतिनिधि चयन हुनुभएको थियो ।

अनेरास्ववियूको महाधिवेशनमा एमाले संस्थापनको तारो बनेर डा.सुजन कडरियासंग ७ मतले पराजित भएका पौडेल युवा विद्यार्थीहरुमा चर्चित नाम हो ।

पौडेलसंग प्रतिस्पर्धा गरेर अनेरास्ववियूमा अध्यक्ष जितेका कडरिया जेन जी आन्दोलनका क्रममा पदबाट राजिनामा दिएर बस्नु भएको छ । एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना युवा महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था गरेको छ । निर्वाचनमा पनि प्रत्येक कलष्टरबाट युवाको सहभागिता हुने व्यवस्था गरेको एमालेमा पौडेल गण्डकी भूगोलको युवा कलष्टरबाट उमेदवार बन्नु भएको छ ।

  • २०८२ मंसिर २९, सोमबार