बागलुङ । नेकपा एमालेको काठमाडौंमा जारी महाधिवेशनमा उमेदवारहरु मत माग्न रस्साकस्सी गरीरहेका छन् । अध्यक्षमा केपी शर्मा ओली र इश्वर पोखरेलले प्यानल नै बनाएर प्रचार प्रसार गरिरहेका छन् । उमेदवारी दर्ता अगाडि ओली समुहबाट नाम आएका बागलुङ एमाले नेता डा.कृष्ण बहादुर केसीको आज ओली समुहको अन्तिम नामावलीमा नाम समावेश गरिएको छैन ।
ओली समुहबाट बागलुङका ७ जना केन्द्रीय सदस्यमा उमेदवार रहेकोमा निर्वाचन अघि सार्वजनिक भएको ओली समुहको प्यानलको लिष्टमा केसीको नाम नरहेको ओली समुहले जनाएको छ । ओली समुहबाट आउट भएका केसीलाई इश्वर समुहले प्यानलमा सहभागी गराएको छ ।