• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

बागलुङका केसीद्वय इश्वर पोखरेलको प्यानलबाट चुनाव लड्दै

  • २०८२ पुष १, मंगलवार

बागलुङ । नेकपा एमालेको काठमाडौंमा जारी महाधिवेशनमा उमेदवारहरु मत माग्न रस्साकस्सी गरीरहेका छन् । अध्यक्षमा केपी शर्मा ओली र इश्वर पोखरेलले प्यानल नै बनाएर प्रचार प्रसार गरिरहेका छन् । बागलुङका कृष्ण बहादुर केसी र हिरा बहादुर केसी अन्नत इश्वर पोखरेलको प्यानलबाट चुनावी मैदानमा जानुभएको छ ।

उमेदवारी दर्ता अगाडि ओली समुहबाट नाम आएका बागलुङ एमाले नेता डा.कृष्ण बहादुर केसीको ओली समुहको अन्तिम नामावलीमा नाम समावेश गरिएको छैन । उहाँ केन्द्रिय सदस्यमा निर्वाचनमा उठ्नु भएको छ । उहाँको नाम इश्वर पोखरेल समूहबाट सार्वजनिक भएको छ ।

यस्तै केपी ओली र इश्वर पोखरेल दुबै प्यानलमा नपरेका बागलुङका हिरा बहादुर केसी अन्नत इश्वर पोखरले प्यानलमा पर्नु भएको छ । इश्वर पोखरेल प्यानको अन्तिम नामावलीमा हिरा बहादुर केसीको नाम समावेश भएको छ । यस्तै इश्वर पोखरेल समूहबाट सचिवमा बागलुङका इन्द्रलाल सापकोटा निर्वाचको मैदानमा हुनुहुन्छ । बागलुङबाट अन्य छ जना केपी ओली प्यानलबाट केन्द्रिय सदस्यको मैदानमा हुनुहुन्छ । केपी ओली प्यानलबाट लिल बहादुर थापा, मन कुमारी केसी, डा. सुर्य पाठक, गोविन्द बहादुर नेपाली, सावित्रा राना, मन्जु शर्मा रहनुभएको छ ।

  • २०८२ पुष १, मंगलवार