• २०८३ आश्विन २८, बुधबार
  • 2026 October 14, Wednesday

एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर निर्वाचित, इतर पक्षबाट गोकर्ण र भट्टराइ पदाधिकारी

  • २०८२ पुष ३, बिहीबार

बागलुङ  ।  नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको छ । ओलीले प्रतिस्पर्धी इश्वर पोखरेललाई १०९९ मतको अन्तरमा पराजित गरी विजयी हुनु भएको हो ।

ओलीले १६६३ मत र पोखरेलले ५६४ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा ओली समुहबाट उमेदवार बनेका पृथ्वीसुब्बा गुरुङले १७३७, विष्णु पौडेलले १६७५, राम बहादुर थापाले १५१६, रघु पन्तले १२५८ मत पाएर विजयी हुदा इश्वर पोखरेल समुहका गोकर्ण विष्टले १३६८ मत ल्याएर विजयी हुनु भयो । महाचिवमा ओली समुहका शंकर पोखरेल १२२८ मत ल्याएर विजयी हुदा उहाँका प्रतिद्वन्द्वी इश्वर पोखरेल समुहका सुरेन्द्र पाण्डेले ९९९ मत ल्याउनु भयो । महासचिवमा २२९ मतको फरक परेको छ ।

यस्तै ३ जना उपमहासचिवमा ओली समुहका लेखराज भट्टले १४५२ र रघुविर महासेठले १३६८ मत र पोखरेल समुहका योगेश भट्टराईले १३४८ मत ल्याएर विजयी हुनु भयो । ९ जना सचिवका लागि भएको निर्वाचनमा ओली समुहका महेश बस्नेत १५४४, पद्मा कुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मत बहादुर कार्की १३३७, खगराज अधिकारी १२३१, यामलाल कंडेल ११८५, राजन कुमार भट्टराई ११८१ र भानुभक्त ढकालले ११०८ मत ल्याएर विजयी हुनु भएको छ ।

  • २०८२ पुष ३, बिहीबार