जिल्लाकै ठूलो मेलाको रुपमा रहेको आठौं बागलुङ महोत्सव शुक्रबारदेखि शुरु भएको छ । महोत्सवका कारण बागलुङ बजार चलायमान भएको छ भने झाँकी तथा बाजा गाजा सहित महोत्सव स्थल बागलुङ नगरपालिका–१ रामरेखा स्थित बाङ्गेचौर खेल मैदानमा नागरिकको बाक्लो उपस्थितिका बीच महोत्सव उद्घाटन गरिएको छ ।
महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो । .महोेत्सवमा तयार पारिएका २०० बढी व्यापारिक स्टलहरु भरिभराउ भएका छन् ।
‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको बताउदै उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यल यस पटकको महोत्सव पृथक गराइएको बताउनुभयो ।
पर्यटनको प्रर्बद्धन, जिल्लाको विकास निर्माणमा महोत्सवले सघाउने बताउदै महोत्सवमा ८ लाख देखि १० लाख दर्शकले अवलोकन गर्ने र रु. १० करोड माथीको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको छ ।
महोत्सवमा झण्डै रु. एक करोड ५० लाख आम्दानी गर्ने र सबै खर्च कटाएर रु.५० लाख बचत गर्ने लक्ष्य राखिएको शाक्यले जानकारी दिनुभयो । महोत्सव पुस २१ गतेसम्म चल्नेछ ।