• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

प्रियतमवादले मुलुकमा अस्थिरता निम्त्याउछ : मन्त्री पाठक

  • २०८२ पुष १५, मंगलवार

बागलुङ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री तथा एमाले नेता कृष्ण प्रसाद पाठकले नीति, सिद्धान्त, दृष्टिकोण र कार्यक्रमबिहिनका प्रियतमवादले मुलुकमा अस्थिरता निम्त्याउने बताउनुभएको छ । आज काठेखोला गाउँपालिका–७ रेशमा आयोजित तमु ल्होसारको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाठकले अस्थिर र अराजक शक्तिले मुलुकलाई अन्त्यहिन अस्थिरता तर्फ हिडाउने बताउदै प्रियतमवादबाट मुलुक जोगाउनु आम नागरिकको कर्तव्य भएको बताउनुभएको छ ।

विश्वशान्ति शुखमय गुम्बाको आयोजनामा पुस १० गतेदेखि १५ गते सम्म रेशको नुन्थलामा आयोजित खेलकुद तथा सांस्कृतिक मेलाको समापन समारोहको प्रमुख अतिथि पाठकले रेशको विकास निर्माणमा गण्डकी प्रदेश सरकारको विशेष चासो रहेको बताउनुभयो । आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको बजेटमा रेशलाई बिशेष रुपमा हेरिने मन्त्री पाठकले प्रतिबद्धता जनाउनुभएको छ ।
बागलुङको रेशका गुरुङ समुदायले मनाउने तमु ल्होसारका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् ।

मन्त्री पाठकले विश्वशान्ति शुखमय गुम्बा निर्माणका लागि रु.३० लाख बजेट गण्डकी प्रदेश सरकारले विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा छुटेका रेशका योजनालाई आगमी वर्षको बजेटमा समावेश गर्ने बताउनुभयो । नकरात्मक कुरा भन्दा सकरात्मक सोचका साथ युवाहरु अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभएको थियो । रेशको विकासमा सदैव गण्डकी प्रदेशले चिन्ता र चासो दिदै आएको बताउदै चालु आर्थिक वर्षमा रेशमा ६५ लाखको योजना कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

  • २०८२ पुष १५, मंगलवार