बागलुङ । बागलुङ नगरपालिका, न्यायिक समितिले मेलमिलाप केन्द्रहरुको पुर्नगठन, बार्षिक समिक्षा तथा केन्द्रको व्यवस्थापनरसंचालनबारे अन्तक्रियाहरु सम्पन्न गरेको छ ।
वडा मेलमिलाप केन्द्रहरुको थप क्रियाशिलता बढाउदै, न्यायमा नागरिकको सहज पहुंच अभिबृद्धि गर्ने उद्धेश्यले अन्तक्रिया गरिएको जनाइएको छ । कार्यक्रममा वडा मेलमिलाप केन्द्रहरुको पुर्नगठन गरी मेलमिलाप सम्पादनमा देखिएका समस्या, अनुभव र असल अभ्यास भावी योजनाहरुबारे कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा न्यायिक समितिका संयोजक एवं नगर उप-प्रमुख राजु खड्काले न्यायिक समितिलाई प्रभावकारी बनाउन कुशल मेलमिलापकर्ताहरुको आवश्यकता रहने भएकाले मेलमिलापकर्ताहरुको क्षमता बिकास गर्दै वडा मेलमिलाप केन्द्रहरुको सस्थागत बिकास गर्दै जाने लक्ष्य लिइएको बताउनु भयो । यसका लागि नगरपालिकाले तयार गरेको मेलमिलाप सम्बन्धि कार्यविधी र प्रचलित कानुन बमोजिम मेलमिलापको प्रक्रिया संचालन गर्नु पर्ने उहांले बताउनु भयो ।
बर्तमान परिवेशमा मेलमिलापकर्ताहरुले आफ्नो भूमिका बढाउदै, कलेज, बिद्यालय, टोल बिकास, समुदाय तथा बस्तीस्तरमा न्यायिक समिति र मेलमिलापबारे न्यायिक सचेतना फैलाउन आग्रह गर्नु भयो । बिशेषगरी मेलमिलापका ७ चरण र प्रभावकारी प्रयोग तथा मेलमिलाप केन्द्रको प्रबद्र्धन, प्रचार प्रसार र क्रियाशिलता आजको आवश्यकता भएको उप-प्रमुख खड्काले बताउनु भयो । अन्तक्रियामा न्यायिक सहजकर्ता ज्ञानेन्द्र पन्तले न्यायिक समितिमा पक्षले दिने निवेदन देखि निर्णय लेखनसम्मका प्रक्रियाबारे वडा अध्यक्ष, सदस्यहरु, कर्मचारी, मेलमिलापकर्ताहरुलाई जानकारी गराउदै अनुसूचिमा उल्लेख गरिएका प्रक्रियाबारे जानकारी गराउनु भएको थियो ।