बागलुङ । जिल्लाकै ठूलो मेलाको रुपमा रहेको बागलुङ महोत्सवमा ८ करोडको आर्थिक कारोबार भएको छ ।
बागलुङ उद्योग वाणिज्य संघले पुस ११ देखि २२ गतेसम्म आयोजना गरेको आठौं बागलुङ महोत्सवमा ८ करोडको आर्थिक कारोबार भएको र चार लाख दर्शकले मेलाको अवलोकन गरेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिनुभयो ।
महोत्सवको अवसरमा बागलुङ बजार तुल व्यानरले झिलिमिलि बनाईएको थियो । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सवमा स्थानीय उत्पादनको प्रबद्धन, संगै २०० बढी ब्यापारिक स्टल भरिभराउ थिए ।
अध्यक्ष राजनकुमार शाक्यले महोत्सवलाई मौलिक र पृथक बनाउनेगरी झाक्री नाँच, यानीमाया, सोरठी लगायतको समेत प्रस्तुति गरिएको थियो भने मेड इन बागलुङको नाम दिएर स्थानीय उत्पादनलाई छुट्टै स्टलका रुपमा निःशुल्क दिइएको थियो ।
उहाँले महोत्सवमा यानीमाया, सोरठी जस्ता नृत्य देखाइएको छ भने नेवारी समुदायका विभिन्न झाँकी प्रदर्शन समेत गरिएको थियो । महोत्सवमा ५० जना कलाकारले सांगितिक प्रस्तुती राखेका थिए । प्रकाश दुतराज, प्रकाश सपुत, रचना रिमाल, प्रिति आले, समिक्षा अधिकारी र थानेश्वर गौतमल लगायतका कालकारहरुले महोत्सवमा प्रस्तुती राखेका थिए ।
महोत्सवको मुनाफाबाट एदोग वाणिज्यसंघको कोसेली घर व्यवस्थित गर्ने, सडक मानवमुत्तः नेपाल बनाउने मानव सेवा आश्रमको अभियानलाई सफल बनाउन महोत्सवको टिकटबाट प्रति टिकट रु.१० रुपैया सहयोग गर्ने, खेलकूदको विकासका लागि कोष स्थापना गर्ने, उद्योग वाणिज्य संघबाट सञ्चालन गरिने सदस्य कल्याणकारी कोष सञ्चालनका लागि पाँच लाख जम्मा गर्ने लगायतका सामाजिक उदेश्य सहित महोत्सव आयोजना गरिएको थियो ।
होत्सवमा पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैंटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् ।
महोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम र नेपाल पत्रकार महासङ्घ, बागलुङलाई आर्थिक सहयोग गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताए । महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिने उनको भनाइ छ ।
महोत्सव समापनका अवसरमा महोत्सवका सह–आयोजकहरुदेखि प्रायोजन विभिन्न सङ्घसंस्था, व्यापारिक प्रतिष्ठानलगायतलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलगायतले सम्मान–पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमको धन्यवाद मन्तव्य, महासचिव इन्द्रमणी पौडेल अर्जुन र प्रेस सल्लाहकार सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
