बागलुङ । विपद जोखिम न्यूनिकरण गर्ने उद्धेश्यले बागलुङमा मंगलबार विपद व्यवस्थापन प्रशिक्षण तथा अभ्यास गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बागलुङको सहकार्यमा विपद व्यवस्थापन प्रशिक्षण तथा अभ्यास गरिएको हो ।
अभ्यासमा शसस्त्र प्रहरी बल, कालिका जंग गण र नेपाल प्रहरीका टोलीले आगालागिबाट हुने जोखिम न्यूनिकरणका उपाय बारे प्रशिक्षण तथा अभ्यास गरेका थिए ।
कार्यक्रममा विपद व्यवस्थापन समिति अन्तरगत जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आगालागिको जोखिम न्यूनिकरणका उपायबारे सबैले जान्नु पर्ने बताउनु भएको थियो ।
उहाँले घरमा रहेका ग्यास, विजुली, विभिन्न कागज, पेट्रोल तथा डिजेल लगायतका कारणपनि आगालागिको सम्भावना हुने उल्लेख गर्दै आगो नियन्त्रणका उपायबारे जान्नु महत्वपूर्ण रहेको बताउनु भएको थियो ।
कार्यक्रममा शसस्त्र प्रहरी बलका नायव उपरीक्षक सुरज खड्का, कालिका जंग गणका सहायक सेनानी खगेन्द्र चन्द, गण्डकी प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मका प्रमुख प्रहरी निरीक्षक प्रकाश रावत, जिल्ला प्रशासनमा कार्यरत कर्मचारी, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो ।
