• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

ढोरपाटनको १८ औँ अधिवेशन सम्पन्न

बागलुङ । बागलुङ ढोरपाटन नगरपालिका नगर सभाको १८ औँ अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

नगरसभाले १७ औँ सभाबाट पारित भएका कुल ३ करोड २८ लाख ७५ हजार बजेट बराबरको ३८ वटा कार्यक्रम, योजना संसोधन रकमान्तर गर्दे ५३ वटा संशोधन योजना ल्याइएको हो । कुल ६१ करोड २८ लाख १७ हजार ५ सय २९ रुपैयाँको चालु आर्थिक बर्षमा बजेट लिएको पालिकाले हालसम्म २८ प्रतिशत वित्तिय प्रगति गर्न सफल भएको छ ।

नगरपालिकाकोलागि जग्गा खरिद गर्न, लोकसेवा तयारी कक्षा, मेशिनरी औजार खरिद लगाएका ३८ वटा योजनालाई संसोधन र रकमान्तर गरिएको नगर सभाका अध्यक्ष धन बहादुर कायतद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकाले फोहोर व्यवस्थापन स्थलको व्यवस्थापन, ढोरपाटन क्षेत्रको विकास, सडक निर्माण र स्तरोन्नती, खानेपानी, सिँडी निर्माण, विभिन्न भवन निर्माण लगायतका क्षेत्रमा बजेट रुपान्तरण गरेको पाइएको छ । नगरसभाका सदस्य दिलिप थापाले बोल्दै उत्तरगंगा माध्यमिक विद्यालयमा सौचालयका निम्ती बजेट व्यवस्थापन गरीएको तर सोही विद्यालय सहित अधिकांस सामुदायिक विद्यालयमा सरसफाई नभएको, सौचालय निकै दुर्गन्धित रहेका कारण सरसफाई सचेतना गराउन आवश्यक रहेको विषयमा सुझाव दिनुभयो ।

ज्ञान बहादुर भण्डारीद्वारा वडा नम्बर ६ मा रहेको जन चाहाना आधारभुत विद्यालयमा पालिकाको तर्फदेखि अनुगमन हुन नसकेको, विद्यालय व्यवस्थित बन्न नसकेको र प्रअको भूमिका जिम्मेवारीपूर्ण नरहेको विषयमा ध्यानाकर्षण गराउनु भयो ।

रुपान घर्तिद्वारा नमुना आधारभुत विद्यालयमा २ वटा प्रध्यानाध्यापक रहेको र कसलाई आधिकारीक मान्ने विषयमा नगरसभामा ध्यानाकर्षण गराएका छन् । वडा नम्बर २ का सदस्य चुडामणी जैसिले बोल्दै सबै वडामा नर्सरी व्यवस्थापन गर्ने भनी विनीयोजन गरिएको बजेट संशोधन गरिएको र टोलमा राँगो वितरण हुनुपर्ने विषयमा ध्यानाकर्षण गराउनु भयो ।

नविन शेरचनद्वारा बुर्तिबाङ अस्पत्ताललाई पुनः बजेट विनीयोजन गरिएको विषयमा जिज्ञासा राख्नु भएको थियो ।

सभाका सदस्यबाट उठेका प्रश्न जिज्ञासाको विषयमा सभा अध्यक्ष धन बहादुर कायतले प्रस्ट पार्नु भएको थियो ।

सामुदायिक विद्यालयमा सरसफाई र सौचालय सरसफाईको विषयमा सम्बन्धीत विद्यालयलाई अनुगमन मार्फत ध्यानाकर्षण गराउने र सबै जनप्रतिनिधि, विद्यालय व्यवस्थापनको जिम्मेवारी रहेको बताउनु भयो ।

जनचाहाना आधारभुत विद्यालयमा भइरहेको गैर जिम्मेवारीका विषयमा नगरपालिका गम्भीर रुपमा अगाडी बढेको र कार्वाही प्रक्रिया समेत अगाडी बढाइएको बताउनु भयो ।

त्यस्तै बुर्तिबाङ अस्पतालमा पर्याप्त स्वास्थ्य कर्मी अझैपनी नहुँदा र करारका कर्मचारीलाई पारिश्रमिक भुक्तान गर्द बाँकी रहेको अवस्थामा यसै क्षेत्रका नागरीकले सेवा लिने अस्पत्ताल भएका कारण अस्पत्तालको निवेदनका आधारमा ४ लाख बजेट भुक्तान गर्ने गरी बजेट व्यवस्था गरीएको बताउनु भयो ।

नमुना आधारभुत विद्यालयमा दुई जना शिक्षकले प्रध्यानाध्यापक दाबी गरीरहेको अवस्थामा अदालतबाट आएको फैसला कार्यान्वयन हुने र विद्यालय व्यवस्थापन समिति गठन भइसकेका कारण समितिले चाँडै टुँगो लगाउने र पालिकाले सहजिकरण गर्ने बताउनु भयो ।

नर्सरी सबै वडा तहमा निर्माण गर्ने गरी कार्यक्रम ल्याइएपनि एक वटा मात्र निवेदन परेका कारण कार्यक्रम संसोधन रकमान्तर गरिएको बताउँदै वडा नम्बर २ रिनाम गाउँमा अनुदानमा राँगो उपलब्ध गराउन सकिने प्रतिबद्धता जनाउनु भएको थियो ।