म्याग्दी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनहरुमा निजी क्षेत्र निशानामा पर्ने गरेको धारणा राख्नु भएको छ ।
म्याग्दीको बेनीमा पुस ३० देखि सुरु भएको माघे संक्रान्ति मेला तथा खाना महोत्सव एवम् कृषि मेला प्रदर्शनीको उद्घाटन गर्दै यस्तो धारणा राख्नुभएको हो । गएको जेनजी आन्दोलनमा पनि निजी क्षेत्रले निकै ठूलो नोक्सानी व्यहोर्नु परेको अध्यक्ष ढकालको भनाई थियो ।
नेपालमा हुने हरेक प्रकारका आन्दोलनहरुमा निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरिरहेको बताउँदै निजी क्षेत्रलाई निषेधित क्षेत्रको रुपमा घोषणा गरी राज्यले सुरक्षाको प्रत्भाभूति दिलाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो । २०४६ सालदेखि नै देशमा भएका हरेक आन्दोलनहरुमा निजी क्षेत्र चपेटामा परिरहेको भए पनि देशमा ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गरेको र ५० प्रतिशतबढी देशको राजश्वमा योगदान पु¥याइरहेको बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष ढकालले स्वदेशी लगानीबाट पनि धेरै योजनाहरु सम्पन्न गर्न सकिने भएकाले म्याग्दीमा लगानीयुक्त क्षेत्रको पहिचान गरेमा ५० प्रतिशत लगानीको स्रोत सुनिश्चितता गर्न आफूले पहलकदमी गर्ने बताउनुभएको छ । स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने गरी स्थापित कम्पनीमार्फत म्याग्दीको पर्यटन क्षेत्रमा लगानी गर्ने इच्छा रहेको ढकालको भनाई थियो ।
अध्यक्ष ढकालले नेपालमा रहेको प्राकृतिक स्रोतसाधन र आन्तरिक पूँजीको परिचालनबाटै स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न सकिने भएकाले राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रको लगानीमा निर्माण हुने जुनसुकै आयोजनाहरुमा पनि राज्यको तर्फबाट सुरक्षाको व्यवस्था मजबुत बनाउनुपर्ने भन्दै उहाँले निजी क्षेत्रले सञ्चालन गर्ने आयोजनाहरुमा लगानीको सुरक्षा र भरपर्दो वातावरण निर्माणमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नेपालकै आन्तरिक पूँजी परिचालन गरेर भए पनि धेरै ठूला आयोजनाहरु बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ हामीले एलटिपी नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी १० अरबको लगानीमा सञ्चालन गरेको सुनाउनु भएको थियो । १० अरबलाई क्यापिटल पूँजीकै रुपमा राख्ने हो भने ४०÷५० अरबसम्मका आयोजनाहरु निर्माण गर्न सकिन्छ ।’
‘त्यसका लागि हामीलाई केबल खाँचो छ भने जेनियुन हिसाबले लिडरसिप लिएर, जेनियुन हिसाबले प्रोजेक्टहरु अगाडि बढाउन सकियो भने, टाइममा त्यो प्राजेक्ट कम्प्लिट गर्न सकेमा दिएको बजेटले बनाउन सकियो भनेचाहिँ क्वालिटीमा कम्प्रमाइज नगरिकन टाइम, बजेट र क्वालिटीमा बनाएर अगाडि बढ्न सकेमा धेरै कामहरु गर्न सकिन्छ ।
