• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

धन्वन्तरी सहकारीको अध्यक्षमा सापकोटा

बागलुङ । धन्वन्तरी स्वास्थ्य सहकारी संस्था लिमिटेड, बागलुङको अध्यक्षमा सहकारीकर्मी रामचन्द्र सापकोटा निर्विरोध निर्वाचित हुनु भएको छ ।

संस्थाको १० औं वार्षिक साधारणसभाबाट सापकोटा अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो । करिव ३ दशकदेखि सहकारी क्षेत्रमा सक्रिय सापकोटा बागलुङ दुग्ध उत्पादक सहकारी संघमा कर्मचारीका रुपमा रहेर सहकारी क्षेत्रमा योगदान पु¥याउनु भएको छ । दुग्ध संघको प्रवन्धकको जिम्मेवारी सम्हालेर हाल निवृत हुनु भएका सापकोटालाई धन्वन्तरी स्वास्थ्य सहकारी संस्थाको साधारणसभाले सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सम बहादुर क्षेत्री, सचिवमा यम कुमार मल्ल, सहसचिवमा गोविन्द बहादुर जिसी र कोषाध्यक्षमा लक्ष्मी प्रसाद सापकोटा तथा सदस्यहरुम टंकराम सुवदी र सनम श्रेष्ठ चयन भएको संस्थाले जनाएको छ ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा मुक्तिराम सापकोटा तथा सदस्यमा ठाकुर प्रसाद रिजाल र राजेन्द्र बहादुर जिसी रहनु भएको छ ।

कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षता र सचिव हिरा बहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।संस्थामा ४५ लाख शेयर रकम, ३२ लाख वचत र ६७ लाख ऋण लगानी रहेको छ । संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउनुका साथै ऋण असुली प्रक्रियालाई प्राथमिकता दिने प्रतिवद्धता अध्यक्ष सापकोटाले गर्नु भएको छ ।