• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

कालिका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा भुपेन्द्र खड्का

बागलुङ । नेपालकै प्रसिध्द बागलुङ कालिका भगवती मन्दिरको अध्यक्षमा भुपेन्द्र खड्का नियुक्त हुनुभएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा केन्द्रिय गुठी संस्थानले भुपेन्द्र खड्कालाई नियुक्त हुनुभएको हो ।

गुठीका अध्यक्ष कुमार खड्का यस अघि दुई कार्यकालका लागि गुठी व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिईएको थियो ।

गुठी संस्थाको माघ २  गते बसेको बैठकको  निर्णय अनुसार अध्यक्षमा भुपेन्द्र खड्कालाई नियुक्त गरिएको छ ।

भुपेन्द्र खड्काका अनुसार कालिका गुठीको अध्यक्ष भएको आधिकारिक जानकारी आएको जनाउनुभयो ।