• २०८३ आश्विन २८, बुधबार
  • 2026 October 14, Wednesday

एकता सहकारीको लेखा संयोजकमा अधिकारी विजयी

बागलुङ । एकता सहकारी संस्था लिमिटेड बागलुङको २७ औं वार्षिक साधारणसभाबाट लेखा सुपरीवेक्षण समितिको संयोजकका हरिराम अधिकारी निर्वाचित हुनु भएको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा अधिकारी र कृष्ण शर्मा बीच प्रतिस्पर्धा भएको थियो ।

शनिवार सम्पन्न निर्वाचनबाट अधिकारीले २ सय ९६ मत प्राप्त गरि विजयी हुनु भएको हो । प्रतिस्पर्धी कृष्ण शर्माले १ सय ९७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता काजीगाउँले श्रेष्ठले जानकारी दिनुभयो । १६ मत बदर भएका थिए । लेखा सुपरीवेक्षण समितिका संयोजकका लागि मात्रै भएको निर्वाचनमा ५ सय ९ मत खसेको थियो । पुस २६ गते शुरु भएको वार्षिक साधारणसभा अन्तरगत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुका लागि २७ गते उमेदवारी दर्ता भएको थियो । सञ्चालक समितिमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । लेखा सुपरीवेक्षण समितिमा अधिकारी र शर्माको उमेदवारी परेपछि शनिवार निर्वाचन भएको हो ।

लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा उमेदवारी नै नपरेकोले खाली रहेको निर्वाचन समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा युवराज राजभण्डारी, उपाध्यक्षमा रुद्र बहादुर महत, सचिवमा रितादेवी शर्मा र कोषाध्यक्षमा लक्ष्मण प्रसाद शर्मा तथा सदस्यहरुमा हिरादेवी शर्मा, बबिता शर्मा, पार्वती परियार, शम्मी कपुर श्रेष्ठ र अनुज श्रेष्ठ निर्वाचित हुनु भएको थियो ।