• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

रास्वपाबाट बागलुङमा सुशिल खड्का र सोम शर्मा उम्मेदवार

बागलुङ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङ क्षेत्र नं. १ मा सुशिल खड्का र क्षेत्र नं. २ मा सोम शर्मालाई उमेदवार बनाउने भएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि खड्का र शर्मालाई उमेदवार बनाउने निर्णय गरेको हो । खड्का बागलुङ नगरपालिका वडा नं. ३ गुठी र शर्मा बानपा–४ निवासी हुनुहुन्छ ।

खड्काले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर नेपाल फर्कनु भएको हो । शर्मा काठमाडौंमा बसेर अभियन्ताका रुपमा सक्रिय रहदै आउनु भएको छ । जेनजी आन्दोलनमा सक्रिय शर्मा बालेन्द्र शाहसंगै रास्वपामा सक्रिय हुनु भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले खड्कालाई एक र शर्मालाई दुइमा उमेदवार बनाएसंगै जिल्लाबाट सिफारिस भएका उमेदवारका आकांक्षीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । २०७९ को निर्वाचनका उमेदवार खिमानन्द कंडेल, जैमिनी नगरपालिका अध्यक्ष राजेन्द्र आचार्य लगायतले उम्मेदवार छनोटमा पार्टी चुकेको गुनासो गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत जिल्लामा पार्टी बनाउन लाग्नेहरुलाई वेवास्ता गरिएको गुनासो उहाँहरुले गर्नु भएको छ ।