• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

टेलिकमको क्लिक–सेयर–विन प्रतियोगिता डाटा प्याक पुरस्कार

बागलुङ । नेपाल टेलिकमले विद्यार्थीहरुका लागि अफर ल्याएको छ भने क्लिक–सेयर–विन प्रतियोगिता आयोजना गरेको छ । नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सवको अवसरमा क्लिक–सेयर–विन प्रतियोगिता संचालनमा ल्याएको जानकारी दिएको छ । प्रतियोगिता जित्नेले चार विधामा अनलिमिटेड डाटा प्याक छ महिनादेखि १ महिना सम्मको पुरस्कार पाउने आइतबार बागलुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

माघ १ गतेदेखि २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल टेलिकमको प्राङ्गणमा राखिएको फोटो फ्रेममा फोटो खिचेर आफ्नो फेसबुक र टिकटकमा हयासट्याग २२ एनटी एनिवर्सरी लेखेर पोष्ट गरेपछि नाम र फोन नम्बरका आधारमा टोकन नम्बर प्राप्त गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।   माघ २१ गते दिउसो २ बजे लक्की ड्र मार्फत अन्तिम नतिजा सार्वजनिक गरिने छ । बिजेता घोषण भइसकेको सात दिन भित्र पुरस्कार लिन गइसक्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुने एक जनाले रु.एक हजार ४९९ बराबरको सजिलो अनलिमिटेड प्याक छ महिना सम्म प्राप्त गर्न सक्नेछन् भने द्धितिय हुने पाचँ जनालाई रु. ९९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिना सम्म प्रदान गरिनेछ । त्यस्तै तृतिय पुरस्कार पाँच जनालाई रु. ७९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिना सम्म र चौथो पुरस्कार ११ जनालाई रु. ४९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिनासम्म प्रदान गरिने छ ।

माघ २२ गते वार्षिकोत्सवका दिन पुरस्कार प्रदान गरिने नेपाल टेलिकमका निमित्त कार्यालय प्रमु्ख पुष्पराज लोहनीले जानकारी दिनुभयो ।  पत्रकार सम्मेलन निमित्त कार्यलय प्रमुख लोहनीको अध्यक्षता तथा प्रशासन प्रमुख सन्देश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।