• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङ १ मा शर्मा : रास्वपाबाट सिफारिस, उज्यालोबाट टिकट

बागलुङ ।  रास्वपा बागलुङले क्षेत्र नम्बर १ मा सिफारिस गरेको राजेन्द्र शर्माले उज्यालो नेपाल पार्टीबाट टिकट प्राप्त गर्नुभएको छ । रास्वपाले टिकटमा मनोमानी गरेको आरोप लगाउदै राजन्द्र शर्माले उज्यालो नेपाल पार्टीबाट टिकट लिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट टिकट नपाएपछि बागलुङ–१ मा राजेन्द्र शर्माले विद्रोह गरेर अर्कोपार्टीबाट टिकट ल्याएका हुन् ।

बागलुङ–१ मा रास्वपाले सुशील खड्कालाई उम्मेदवार बनाएपछि उहाँले चर्को आलोचना गर्दै आउनुभएको थियो ।  रास्वपाबाटै सिफारिस भएर टिकट नपाएका इन्जिनिय खिमानन्द कँडेलले समेत टिकट वितरणमा केन्द्रिय हस्तक्षेप भएको बताउनुभएको छ ।