• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

कांग्रेसले बनायो बागलुङमा श्रीस र पौडेललाई उम्मेदवार

बागलुङ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ बाट भीम श्रीस र क्षेत्र नं. २ बाट टेकराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

विद्यार्थी राजनीतिबाट उदायका श्रीस र पौडेललाई उमेदवार बनाएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले जानकारी दिनुभयो । बागलुङको जैमिनी नगरपालिकाका श्रीस र निसीखोला गाउँपालिकाका पौडेल नेपाली कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य हुनु भएको थियो ।