• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

एमाले नेता सापोकाटा भन्छन् : समिक्षा फागुन २२ गते गरौला, अहिले पार्टी जिताउन लागौ !

 

बागलुङ । नेकपा एमालेका नेता इन्द्रलाल सापकोटाले फागुन २१ गते हुने निर्वाचनमा जुट्न  सम्पूर्ण नेता कार्यकर्तालाई आव्हान गर्नु भएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस भएका सापकोटाले आफु जस्तै अर्को सहयोद्धाले टिकट प्राप्त गर्नु भएको छ, अब सबै पार्टीलाई जिताउनका लागि सक्रिय हुन आव्हान गर्नु भएको हो ।

सापकोटाले सामाजिक सञ्जालमार्फत धेरै साथीहरुको फोनमार्फत चिन्ता चासो र उमेदवारी नपाएको गुनासो प्रकट भएको पाए, माया गर्नेहरु, उमेदवारका लागि सिफारिस गर्नेहरु सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ । बागलुङ क्षेत्र नं. १ बाट एमालेले इन्द्रलाल सापकोटा, मन कुमारी केसी जिसी र हिरा बहादुर केसीलाई उम्मेदवार सिफारिस गरेको थियो । पार्टी सचिवालयको शनिवार सम्पन्न वैठकले हिरा बहादुर केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सापकोटा हालै सम्पन्न ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका प्रतिस्पर्धी इश्वर पोखरेलको प्यानलबाट केन्द्रीय सचिवमा उमेदवार बन्नु भएको थियो ।

इतर समुहमा लागेका कारण आफुले टिकट नपाएको आसय सहित सापकोटाले पार्टीलाई जिताउन सबैलाई आव्हान गर्नु भएको छ । महाधिवेशनमा जेनजी आन्दोलन पछि पार्टीमा उत्पन्न बहसमा विगतमा भए गरेका कामको बस्तुनिष्ठ समिक्षा गरी कमी कमजोरी सच्याउनु पर्ने, नेतृत्व रुपान्तरण र पुनरगठन हुनु पर्ने जस्ता विषयमा आफ्नो अभिमत प्रकट गर्नु नै मेरो गल्ती थियो होला, सापकोटाले सामाजिक सञ्जालमा लेख्नु भएको छ, नेतृत्वको सम्मान पुगेन होला, आदेशको पालना गरिएन होला तर पार्टी निर्णयको कहिल्यै बर्खिलाप गरिएन पार्टीलाई जानेर नोक्सान हुने काम गरेको छैन, भन्नु भएको छ ।

नेतृत्वको नजिक हुन सकिन, यही नै मैले टिकट नपाउने आधार बन्यो केही छैन, म जस्तै अर्को सहयोद्धाले टिकट प्राप्त गर्नु भएको छ । पार्टीलाई जिताउन सूर्य चिन्हमा मतदान गरौ, आजदेखि गुनासो गर्न छोडौ, समिक्षा फागुन २२ गतेपछि गरौला सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गर्नु भएको छ ।