• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङमा नेकपा र राजमोबीच चुनावी तालमेल

बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् ।

बागलुङ क्षेत्र नं. १ मा राजमोका उमेदवारलाई नेकपाले सघाउने र क्षेत्र नं. २ मा नेकपाका उमेदवारलाई राजमोले सघाउने सहमति भएको छ ।

दुइ दलबीच भएको सहमतिलाई इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता दुइ दलका नेताहरुले गरेका छन् । नेकपाको केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुन र राजमोका केन्द्रीय सचिव घनश्याम न्यौपानेले सोमबार सांझ सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

बागलुङ क्षेत्र नं. १ मा नेकपा र राजमोका तर्फबाट राजमोका उम्मेदवार कृष्ण अधिकारी र क्षेत्र नं. २ मा दुइ दलका तर्फबाट नेकपाका उम्मेदवार ज्ञामनाथ गैरे (अनिल) उमेदवारी कायम भएको छ । बागलुङ क्षेत्र नं. १ मा नेकपाले केन्द्रीय सदस्य कृष्ण बहादुर केसीलाई उमेदवार बनाउने निर्णय गरेको थियो ।