बागलुङ । आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङको एक नम्बर क्षेत्रमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागलुङ बजारमा रहेको मुख्य निर्वाचन कार्यालयमा मंगलबार विहान १० बजे देखी ५ बजे सम्मका लागि मनोनयन दर्ताको समय रहेकोमा ११ राजनैतिक दलका ११ जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेको छ ।
क्षेत्र नं. १ मा नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मंगोल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका शुशिल खड्का, नेपाल कम्युनिष्ट पार्टी एमालेका हिरा बहादुर केसी, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली काँग्रेसका भिमबहादुर श्रीस रानाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत पुर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्ण प्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओबादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालयले सोमबार सर्वदलिय बैठक राखेर दलहरुलाई समय निर्धारण गरेको थियो । एमालेले बाजागाजा सहित मनोनयनमा पुगेको थियो भने कांग्रेसले तुल व्यानार सहितको ¥याली सहित मनोनयनमा पुगेका थिए ।