• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

नीतिगत सुधार बिना नेपालको शैक्षिक विकास असम्भव : डा. विद्यानाथ कोइराला

बागलुङ ।  शिक्षाविद् प्रध्यापक डाक्टर बिद्यानाथ कोइरालाले नेपालको शिक्षामा नीतिगत सुधार आवश्यकता रहेकोमा जोड दिनु भएको छ ।

उहाँले शिक्षामा नीतिगत सुधार नभएसम्म मुलुकको शैक्षिक बिकास हुन नसक्ने बताउनुभयो । साविक धौलागिरिको पहिलो आँगिक क्याम्पसको रुपमा रहेको धौलागिरि बहुमुखी क्याम्पसको ६३ औ बार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक बहस कार्यक्रममा उहाँले प्रवृद्धिको बिकासले शैक्षिक क्षेत्रमा केहि सुधार भएपनि नीतिगत सुधार बिना बिकास असम्भव देखिएको बताउनुभयो । नेपालको उच्च शिक्षाः बर्तमान, अवस्था, सम्भावना र चुनौति बिषयक शैक्षिक बहस कार्यक्रममा उहाँले नेपालको उच्च शिक्षा बर्तमान परिवेश अनुसार नहुँदा दक्ष जनशक्तिलाई बिदेशमा बेच्नुपर्ने अवस्थाको सिर्जना भएको बताउनुभयो । बिद्यार्थीहरुलाई बर्तमान अवस्थामा उत्पादन मुलक र रोजगारमुलक शिक्षाको आवश्यकता देखिएको उहाँको भनाई थियो ।

शिक्षामा लागनि धेरै भएपनि उपलव्धी नुहँदा लगानि खेर गैरहेकाले यसको मार आम नेपालीले भोग्नु परिरहेको उहाँले बताउनुभयो । नीतिगत सुधार गरेर अगाडि बढ्न सकेमा शिक्षा क्षेत्रको बिकासको सम्भावना उत्तिकै रहेको उहाँको भनाई थियो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिनबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र माथि गोविन्दराज गौतम, भक्तिराम न्यौपाने र रामचन्द्र शर्माले टिप्पणी गर्नु भएको थियो । उपप्राध्यापक बिप्लव शर्माले सहजीकरण गर्नु भएको कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक तथा स्वतन्त्र बिद्यार्थी युनियनका सदस्य बिरोश क्षेत्रीको अध्यक्षता, क्याम्पस प्रमुख सहप्राध्यापक डाक्टर सुदर्शन शिलवालको स्वागत र स्ववियु कोषाध्यक्ष बिशाल थापाको संचालनमा सम्पन्न भएको थियो ।