• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

अमलाचौर–बागलुङ सम्पर्क समितिको अध्यक्षमा अधिकारी

  • २०८२ माघ ११, आईतवार

बागलुङ । अमलाचौरबाट बागलुङ बजारमा आई स्थायी तथा अस्थायी पेशा व्यवसाय र रोजगारीमा आवद्ध भएकाहरुको भेला शनिवार सम्पन्न भएको छ ।

भेलाले विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा अमलाचौर–बागलुङ सम्पर्क समितिको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश लामिछाने र प्रिया किसान, सचिवमा हिमाल पौडेल, सह–सचिवमा संगिता रेग्मी, कोषाध्यक्षमा टेक बहादुर विक र सदस्यहरुमा जय प्रसाद विक, बिमला विक, सन्ध्या पौडेल, नारायण प्रसाद पौडेल, प्रेम ढकाल, अर्जुन ढकाल, माधव चापागाई, महेन्द्र गौतम, जुना लामिछाने, प्रकाश पौडेल, तस्लिमा खातुन, राजु विक, जीवन पौडेल र खगेन्द्र विक रहनु भएको छ ।

सम्पर्क समितिको सल्लाहकारहरुमा गुरुदत्त पाठक, चित्र सापकोटा, धन बहादुुर परियार, टिका कुमारी विक, किरण आचार्य, तिलक आचार्य, कल्पना पाठक, हरिराम अधिकारी, विष्णु चापागाई, यदुनाथ घिमिरे, देव प्रकाश घिमिरे, हरिस पौडेल र सुजन परियार रहनु भएको छ । बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरबाट बागलुङ बजारमा आएर बसोबास गर्नेहरुको सुखदुखमा साथ दिने, एक आपसमा आत्मियता र सद्भाव कायम गर्ने, गाउँमा शिक्षा, स्वास्थ्य क्षेत्रमा योगदान गर्ने लगायतका सामाजिक तथा परोपकारी कार्य गर्नका लागि समिति गठन गरिएको सल्लाहकार धन बहादुर परियारले जानकारी दिनुभयो । भेलाको अध्यक्षता जेष्ठ सदस्य यदुनाथ घिमिरे र सञ्चालन दिनेश अधिकारीले गर्नु भएको थियो ।

  • २०८२ माघ ११, आईतवार