• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

व्यवस्था सुधार्न मुलधारको राजनीतिमा आए : रास्वपानेतृ विश्वकर्मा

  • २०८२ माघ १२, सोमबार

बागलुङ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य रिमा विश्वकर्माले व्यवस्था सुधार्नका लागि इमान्दिारिताका साथ रास्वपामा आएको बताउनुभएको छ ।   समानुपातिक उम्मेदवार समेत रहनुभएको उहाँले समाजको हिस्सा बनेर बसेको कलाकारितालाई समाज रुपान्तरणमा झनै सक्रियताका साथ लाग्न कलाकारिता छाडेर राजनीतिमा आएको बताउनुभएको छ । विश्वकर्माले  बागलुङ बजारको समिक्षालय चोकदेखी हल्लनचोक,धौलागिरीचोक हुँदै जीपपार्क सम्म पैदल मार्फत घण्टी चिन्हमा भोट माग्दै हिड्नुभएको थियो । नागरिकको घरघरमा पुगेर विश्वकर्माले समानुपातिक र प्रत्यक्ष दुवै तर्फको भोट आफ्नो पार्टीलाई राख्नको लागि आग्रह गर्नुभएको थियो । चुनावी अभियानको क्रममा बागलुङ आउनुभएको विश्वकर्माले बागलुङ क्षेत्रनम्बर एकका रास्वपाका उम्मेदवार सुसिल खड्कालाई मत माग्दै बागलुङ बजार क्षेत्रमा घरदैलो गर्नुभएको थियो । घरदैलो कार्यक्रममा उहाँले रास्वपाबाट प्रभावकारी रुपमा देश र जनताको काम गर्ने बताउदै कलाकारिता क्षेत्रलाई थाती राखेर रास्वपामा होमिएको बताउनुभयो । विश्वकर्माले सोमबारनै बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवार सोम शर्मालाई मत माग्ने र सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको थियो ।

  • २०८२ माघ १२, सोमबार