• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

साझा उम्मेदवार गैरेलाई जिताउन ताराखोलामा भेला

  • २०८२ माघ १२, सोमबार

बागलुङ ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार ज्ञामनाथ गैरे (अनिल) ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप परिस्कृत गराउनका लागि नेकपालाई जिताउनु पर्नेमा जोड दिनु भएको छ । तत्कालिन नेकपा माओवादीको बागलुङमा उद्गमस्थलका रुपमा रहेका ताराखोला गाउँपालिकामा सोमबार आयोजित चुनावी योजना भेलालाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।

समाजका विपन्न वर्ग, दलित, अल्पसंख्यक लगायत कमजोर बर्गलाई राज्यका नीति निर्माण तहमा पु¥याउने अगुवा पार्टीका रुपमा नेकपा भएकाले प्राप्त उपलब्धीलाई थप संस्थागत गर्न र विकासका योजनालाई ग्रामिण तहसम्म पु¥याउनका लागि आफ्नो उम्मेदवारी भएको भन्दै सहयोग गर्न अपिल गर्नु भयो । भेलामा राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवार बेदीलाल सापकोटा, नेकपाका केन्द्रीय सदस्य फमलाल निउरे, केन्द्रीय सदस्य तथा ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक (हिमाल), केन्द्रीय सदस्यहरु कमल घिमिरे, राजिव घिमिरे, राजमोका जिल्ला सचिव भीमलाल पोखरेल, नेकपा बागलुङका संयोजक प्रकाश घर्ति लगायतले निर्वाचन अभियानका बारेमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।

भेलाले ताराखोलामा निर्वाचनको परिचालनको संयोजन गर्नका लागि नेकपाका दिवस खत्री संयोजक र राजमोका तिर्थसिंह थापा सहसंयोजक रहेको १ हजार ५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलाले निर्वाचनमा महिला परिचालनका लागि भविकला रोका संयोजक र मिना खत्री सहसंयोजक रहेको ५ सय १ सदस्यीय महिला परिचालन समिति, हरि पुन संयोजक र भिम चोखाल सहसंयोजक रहेको २ सय ५१ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ । यस्तै ताराखोलाका ५ वटै वडामा नेकपाका प्रतिनिधि संयोजक र राजमोका प्रतिनिधि सहसंयोजक रहेको २ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने लगायत निर्वाचन केन्द्रीत अभियानलाई थप सशक्त बनाउने निर्णय गरेको नेकपाका केन्द्रीय सदस्य राजिव घिमिरेले जानकारी दिनुभयो ।

  • २०८२ माघ १२, सोमबार