• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

काठेखोला–७ रेस दामगाडेमा चितुवा आतंक, स्थानीयको आफ्नै लगानीमा रात्रीकालीन सुरक्षा व्यवस्था

  • २०८२ माघ २१, बुधबार

बागलुङ  ।  जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ७ रेस दामगाडेमा पछिल्लो समय चितुवाको आक्रमण बढ्दै गएको छ। चितुवाले बाख्रा तथा भैंसीका पाडासमेत खाइसकेपछि स्थानीयवासीमा त्रासको वातावरण सिर्जना भएको छ।

मानव बस्ती तथा पशुधन जोगाउने उद्देश्यले गाउँका स्थानीयवासीहरू एकजुट भएका छन्। स्थानीय समाजसेवीहरू रामचन्द्र गौतम प्रजापति, गौतम ताराप्रसाद, धनबहादुर जिसी र रामजी गौतमको पहलमा प्रत्येक घरको मिटरबाट आफ्नै लगानीमा एक–एकवटा बत्ती जडान गरी बाँसका पोलमार्फत बाटो तथा चितुवा आवतजावत गर्ने सम्भावित स्थानहरूमा उज्यालोको व्यवस्था गरिएको छ।

यस कार्यमा प्राविधिक ताराप्रसाद गौतमको सहयोगमा सबै प्राविधिक काम निःशुल्क रूपमा सम्पन्न गरिएको हो। स्थानीयका अनुसार रात्रीकालीन उज्यालोले जंगली जनावरलाई बस्ती नजिक आउन नदिने विश्वास गरिएको छ। स्थानीयवासीहरूले सबैलाई सतर्क रहन, राति एक्लै हिँडडुल नगर्न तथा पशुधन सुरक्षित गोठमा राख्न अनुरोध गरेका छन्। साथै सम्बन्धित निकायलाई थप निगरानी, आवश्यक सहयोग र दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरिएको छ ।

  • २०८२ माघ २१, बुधबार