• २०८३ आश्विन २८, बुधबार
  • 2026 October 14, Wednesday

श्रीसलाई विजयी गराउन नेपाली काँग्रेस प्रदेश (क) जुटयो

  • २०८२ माघ २६, सोमबार

बागलुङ । प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं.१ का उम्मेदवारलाई विजयी गराउन नेपाली का“ग्रेस क्षेत्र नं.१ प्रदेश सभा (क) ले समन्य तथा परिचालन समिति गठन गरेको छ ।

नेपाली काँग्रेस क्षेत्र नं.१ (क)का अध्यक्ष हरी बहादुर जि.सी ‘सन्तोष’को अध्यक्षतामा आईतवार बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन बिभिन्न तह सम्म पुग्ने गरि जिम्मेवारी प्रदान गरेको छ ।

नेपाली काँग्रेसका क्षेत्र नगर, पालिका तथा वडा तहमा आफना उम्मेदवारलाई विजयी गराउन जुटनको लागि तल्लो तहसम्म जिम्मेवारी प्रदान गरिएको प्रदेश (क) अध्यक्ष हरिबहादुर जिसीले बताउनुभयो ।

नेपाली काँग्रेसका उम्मेदवार तथा जिल्ला कार्य समिति र क्षेत्रिय कार्य समितिबाट खटिएका प्रतिनिधिहरुसँग समन्वय तथा सहजिकरण गरी अगाडी बढने र विजयी गराउन भुमिका खेल्न सबैलाई आग्रह गर्ने निर्णय गरिएको जिसीले बताउनुभयो ।

बागलुङ क्षेत्र नं १ मा काँग्रेसबाट प्रत्यक्ष तर्फ भीम श्रीस तथा समानुपातिक तर्फ शकुन्तला शर्मा र पार्वती आचार्यलार्ई विजयी गराउन घरदैलो लगाए अन्य गतिविधि प्रभावकारी बनाउने बैठकले निर्णय गरेको छ ।

 

 

  • २०८२ माघ २६, सोमबार