• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

कार्यकर्तालाई विशेष प्रशिक्षण दिन प्रचण्ड वुर्तिवाङ आउदै

  • २०८२ माघ २८, बुधबार

 बागलुङ ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा पार्टीका नेता कार्यकर्तालाई विशेष प्रशिक्षण दिनु हुने भएको छ ।

नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारलाई चुनाव जिताउने गरी क्षेत्र नं. २ का नेताहरुलाई प्रचण्डले माघ २९ गते बिहीवार विशेष निर्देशन सहितको प्रशिक्षण गर्ने कार्यक्रम तय भएको छ । निर्वाचन आचार संहिताका कारण खुल्ला सभा हुदैन, क्षेत्र नं. २ अन्तरगतका पार्टीको केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा कमिटिका पदाधिकारीहरुलाई प्रशिक्षण दिने गरी कार्यक्रम तय गरिएको नेकपाका केन्द्रीय सदस्य राजिव घिमिरेले जानकारी दिनुभयो ।

बुधवार पर्वत र म्याग्दीमा भेटघाट गरेर बिहीवार ११ बजे बुर्तिबाङमा जनसम्वाद तथा भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको नेकपाका जिल्ला संयोजक प्रकाश घर्तिले बताउनुभयो । राष्ट्रिय जनमोर्चासंग जिल्लामा चुनावी तालमेल गरेको नेकपाले बागलुङ क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे (अनिल) लाई उम्मेदवार बनाएको छ । क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाले कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ ।

  • २०८२ माघ २८, बुधबार