• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

बागलुङ क्षेत्र नं. १ मा एमालेको चुनावी माहोल तातिँदै

बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा नेकपा एमालेले चुनावी प्रचारप्रसार र मतदाता भेटघाटलाई तिव्रता दिएको छ । एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र परिचालनलाई तीव्र बनाएको हो ।

एमालेले प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज ध्रुवबहादुर केसीको संयोजकत्व तथा नगर अध्यक्ष कमरेड रामकृष्ण शर्माको सदस्यतामा गठन गरेको ३०१ सदस्यीय नगर निर्वाचन परिचालन कमिटीमा नगरभित्रका सबै प्रदेश कमिटी सदस्य तथा पूर्व प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका वर्तमान तथा पूर्व पदाधिकारी एवं सदस्य, वर्तमान तथा पूर्व नगर कमिटी पदाधिकारी एवं सदस्य, जिल्ला, प्रदेश र नगरका सल्लाहकार, साथै वडा पार्टी कमिटीका पदाधिकारीहरू समावेश गरेर मतदाताका घर घरमा पुगि रहेको छ ।

एमाले नगर निर्वाचन कमिटीले प्रत्येक वाडामा उपल्लो कमिटीका व्यक्तिहरुलाई उत्प्रेरक तोकेको छ । उनिहरुको उपस्थिति र अगुवाइमा भेला, बैठक, प्रशिक्षण गर्ने र वडा स्तरिय निर्वाचन परिचालन गरेर चुनावी प्रचार प्रसार गरिरहेको छ ।

प्रत्येक वडामा सम्पर्क कार्यालय खोल्ने, रणनीतिक योजना तयार पार्ने बुथ संरक्षण कमिटी तथा आवश्यकता अनुसार विभिन्न उपसमिति गठन गर्ने काम भएका छन् । त्यसैगरि टोल कमिटी बनाई निर्वाचन परिचालन कमिटीका पदाधिकारी एवं सदस्य सबै सक्रिय हुँदै घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । ९ सय ४८ जना संगठित सदस्य परिचानल गरेर वडा स्तरीय निर्वाचन परिचालन कमिटीलाई संगठित गरिएको छ ।

त्यसैगरि बागलुङ नगरपालिका वडा नम्बर ८ मा माघ २८ गते, ९ मा २९ गते, १० र ११ मा फागुन १ गते, वडा नम्बर १२ मा १५ गते, १३ मा १६ गते, १४ मा १७ गते तथा वडा नम्बर २ र ४ मा फागुन १८ गते घरदैलो कार्यक्रम सञ्चालन हुने तय भएको छ ।

एमालेले संगठनात्मक तयारी, जनसम्पर्क र घरदैलो अभियानमार्फत बागलुङ क्षेत्र नम्बर १ मा निर्वाचन जित सुनिश्चित गर्ने लक्ष्यका चुनावी गतिविधि अघि बढाइरहेको एमालेले प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज ध्रुवबहादुर केसीले जानकारी दिनुभयो ।