नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङका राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारीलाई गिसाल चिन्हमा भोट माग्नुभएको छ । बागलुङमा जनमोर्चा र नेकपाले चुनावी तालमेल गरेकाले अन्य क्षेत्रमा तारा चिन्हमा भोट माग्ने प्रचण्ड बागलुङ आएर गिलास चिन्हमा भोट माग्नुभएको छ । पोखरा, पर्वत, म्याग्दी हुँदै बागलुङ आउनुभएको प्रचण्ड नेकपा मसालका महामन्त्रीसंगै मन्चमा गिसाल चिन्हमा भोट माग्नुमात्रै भएन कम्युनिष्ट एकताको सकतारत्म सन्देश दिएको बताउनुभएको छ ।
राजनीतिक इतिहासमा बिरलै रुपमा लिइने प्रचण्ड र मोहन बिक्रमको भेट गराउने सेतु थियो बागलुङमा राष्ट्रिय जनमोर्चा र नेकपाको चुनावी गठबन्धन । बागलुङमा दुई निर्वाचन क्षेत्र छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको आधार इलाकाको रुपमा रहेको बागलुङ क्षेत्र नम्बर १ मा नेकपाले जनमार्चाका कृष्ण अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई सघाएको छ ।
बागलुङ जिल्लामा चुनावी गठबन्धन भएका कारण प्रचण्ड र मोहन बिक्रम एउटै मञ्चमा देखिएका हुन् । तर अर्धभूमिगतको रुपमा चिनिएका मोहन बिक्रम प्रचण्डसंग एउटै मञ्चबाट एउटै उदेश्यका साथ भाषण गर्नु बिरलै घटनामा पर्दछ । चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नभुयो ‘यो नोपलको राजनीतिक इतिहासमा विरलै देखिने घटना हो त्यो पनि एउटै उदेश्य लिएर’ प्रचण्डले भन्नुभयो ‘कम्युनिष्ट एकता आजको आवश्यकता हो, चुनावी कार्यगत एकाताले पार्टी एकताका लागि सकरात्मक सन्देश जनतामा लैजान्छ ।’ प्रचण्डले यो चुनावी एकता मात्रै नभएर राष्ट्रिय रुपमा कम्युनिष्ट एकताको सकरात्मक सन्देश भएको बताउनुभयो ।

जेन्जी आन्दोलन पवित्र उदेश्य लिएर गरिएको भएपनि २४ गतेको आन्दोलन विदेशी तत्वबाट हाइज्याक भएको प्रचण्डले बताउनुभया । प्रचण्डले ढिलो चाढो नेपालका कम्युनिष्ट पार्टी एक हुन आवश्यक रहेको बताउनुभयो । जेन्जी आन्दोलनका कारण मुलुक निर्वाचनमा गएको बताउदै प्रचण्डले निर्वाचनको समय तालिकामा शंका नगर्न आग्रह गरे । ‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, निर्वाचन नजिकिदै गर्दा नेपाली कम्युनिष्ट पार्टीमा जनलहर सृजना भइरहेको छ’ प्रचण्डले भने ‘निर्वाचनको परिणाम जनताले चाहेजस्तो हुन्छ, प्रतिकृयावादीले चाहे जस्तो हुन नेपाली जनताले दिदैनन् ।’

नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले बागलुङमा नेकपाले जनमोर्चालाई चुनावी एकता गरेकोमा धन्वयाद दिदै जेन्जी बिद्रोहले निम्ताएको चुनावले देशलाई सही नेतृत्व ल्याउने बताए । राजनैतिक संकट टार्न निर्वाचनमा गएको मोहन बिक्रमले जनाए । युवाहरुको आन्दोलन पवित्र भएपनि आन्दोलनमा घुसपैठ भएको बताए । नेपाललाई अस्थिरता कायम गर्न विदेशी तत्व सक्रिय भएको जनाउदै मोहन बिक्रमले नेपालको भविश्य जोगाउन कम्युनिष्टहरु एक हुन आवश्यक रहेको बताए । राष्ट्रियताको रक्षाका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको सिंहको भनाई छ ।
सादगी कम्युनिष्ट नेताका रुपमा चिनिएका नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह बागलुङको चुनावी कार्यक्रममा प्रचण्डसंग देखिनुलाई राजनीतिक संसयको रुपमा समेत हेरेका छन् । प्रचण्ड २९ गते चुनावी कार्यक्रममा सम्बोधन गर्न बुर्तिबाङ जाने कार्यक्रम रहेको छ ।
