• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

रायडाँडामा रास्वपा : वडा अधिवेशनसंगै निर्वाचन परिचालन समिति गठन

  • २०८२ फाल्गुन २, शनिबार

 बागलुङ ।  बागलुङ नगरपालिका वडा नं. ११ रायडाडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा अधिवेशन सम्पन्न गरेको छ । शनिवार सम्पन्न वडा भेलाले प्रकाश थापा सभापति रहेको वडा कार्यसमिति र नविन केसीको संयोजकत्वमा १ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको रास्वपा बागलुङले जनाएको छ ।

रास्वपा बानपा–११, वडा समितिको उपसभापतिमा लाल बहादुर थापा सचिवमा सुदिप खत्री, सहसचिवमा लोकेन्द्र विक र कोषाध्यक्षमा ललिता केसी चयन हुनु भएको छ । समितिका सदस्यहरुमा ओम बहादुर विक, दल बहादुर थापा, दिल बहादुर क्षेत्री, खीम बहादुर थापा, मञ्जु सार्की, फुलमाया हरिजन, गिता थापा, सुजन गौतम, सविना शर्मा गौतम, राजु थापा, सिर्जना क्षेत्री, पुतली केसी र दान बहादुर थापा रहनु भएको छ । वडा समितिको सल्लाहकारहरुमा गुमादेवी क्षेत्री, गंगा बहादुर केसी, नविन केसी, शालिक गौतम, दुर्गा बहादुर थापा, भक्त बहादुर थापा, रन बहादुर थापा, धन बहादुर थापा, प्रकाश पौडेल, अमृत पौडेल र गणेश पौडेल रहेको जनाइएको छ ।

बागलुङ क्षेत्र नं. १ का उम्मेदवार सुशिल खड्का, रास्वपा गण्डकी प्रदेश संगठन विभागका सदस्य खिमानन्द पौडेल, बानपाका सभापति राम प्रसाद अधिकारी लगायतले वडा समिति र निर्वाचन परिचालन समितिका पदाधिकारी सदस्यहरुलाई वधाई ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा रास्वपाका उम्मेदवार सुशिल खड्काले राजनीतिमार्फत समाज रुपान्तरणका लागि नयाँ शक्तिका रुपमा उदाएको रास्वपालाई सहयोग गर्न आव्हान गर्नु भएको थियो । रायडाडावासी जनताको रास्वपाप्रति सकारात्मक र सहयोगी भावना पायौ, कमिटि गठन संगै निर्वाचन परिचालन समिति गठन भएको छ, अब दुवै समितिमा रहेका पदाधिकारी सदस्यहरुको सक्रियता निर्वाचन केन्द्रीत अभियान सञ्चालन गरिने रास्वपा बागलुङले जनाएको छ ।

  • २०८२ फाल्गुन २, शनिबार