• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

सम्पादकीय: बंगलादेश निर्वाचनको सन्देश

  • २०८२ फाल्गुन ३, आईतवार

पछिल्लो समय विश्वव्यापी रुपमा नवयुवा (जेनजी) पुस्ताको आन्दोलनले उलटपुलट ल्याइदिएको छ । नेपालमा गत भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनले जे जस्तो परिवर्तन र ध्वंस ग¥यो, त्यही खालको नियति बंगलादेश, भारत लगायतका देशहरुले बेहोरिसकेका छन् । आरक्षणको विरोधमा बंगलादेशमा सन् २०२४ मा अभूतपूर्व विद्यार्थी आन्दोलन भयो । जसमा भएको हिंसा, तोडफोड र आगजनीपछि शेख हसिना नेतृत्वको सरकार ढल्यो । प्रहरी दमनमा सयौं युवा विद्यार्थी मारिए र हसिना स्वंयम्ले पनि देश छाडेर भारतमा शरण लिनुपर्ने बाध्यात्मक अवस्था पैदा भयो । उनी यसरी देश नै छोड्नुपर्ने गरी अलोकप्रिय पनि थिइनन् । बंगलादेशलाई विकाससँगै विश्व मञ्चमा बलियो उपस्थिति देखाउने अवस्थामा पु¥याएकी हसिनाको बहिगर्मन अकल्पनीय भयो । ठ्याक्कै सोही अवस्था नेपालमा देखियो । भारतीय नाकाबन्दीका बेला राष्ट्रियता र स्वाभिमानमा देखाएको दृढताले वाहवाही पाएका प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारबाटै भागाभागको अवस्थामा सत्ताबाट बहिगर्मित हुनुप¥यो ।

अहिले विद्यार्थी आन्दोलनकै जगमा बंगलादेशमा चुनाव सम्पन्न भएको छ । जसमा आन्दोलनबाट स्थापित दल जम्मा ६ सिटमा सीमित भएको छ । हसिनाको पार्टी अवामी लिगलाई निर्वाचन लड्न प्रतिबन्ध लगाएर गरेको निर्वाचनमा तारिक रहमानको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत पाएको छ । जुन पार्टी २० वर्षदेखि प्रतिपक्षीमा सीमित थियो । गत माघ २९ मा भएको यो निर्वाचन देशलाई लोकतान्त्रिक प्रक्रियामा फर्काउन मात्रै होइन, विद्यार्थी आन्दोलनले उठाएको एजेन्डालाई संस्थागत गर्न पनि जनमतसंग्रहसरह मानिएको थियो । तर, जनमतसंग्रह मानिएको निर्वाचनले उदारवादी, कट्टरपन्थी र पपुलिस्ट एजेन्डा बोक्ने शक्तिलाई केही सन्देश दिएको छ । यो नेपालको राजनीति र आसन्न निर्वाचनका लागि पनि धेरैले तुलना गर्न थालेका छन् । यहाँको जेनजी आन्दोलनका लागि कुनै न कुनै रुपमा उक्साउने र भड्काउने कार्यमा सरिक भएको रास्वपा, बालेन शाह लगायत माथि संगीन आरोप छ । उसो त अहिले देशव्यापी रुपमा चुनावी दौडमा बालेन शाह र रवि लामिछानेको क्रेज लोभलाग्दो देखिएको छ ।

उसो त चुनावी अभियानमा भिड या सामाजिक सञ्जालमा लोकप्रिय हुनु र साँच्चिकै जनताको अभिमतबाट निर्वाचित हुनु नितान्त फरक–फरक कुरा हुन् भन्ने प्रष्ट देखाएको छ । पुराना पार्टी अवामी लिग प्रतिबन्धित रहेको र बीएनपी पनि लामो समयदेखि संगठित नभएका बेला विद्यार्थी आन्दोलनको बलमा हसिनाको सत्ता ढलाएका नाहिद इस्लामले बनाएको नेसनल सिटिजन पार्टीले पुराना पार्टीलाई ठूलै धक्का दिने अनुमान गरिएको थियो । तर, निर्वाचन परिणाममा पुराना दलप्रतिको आक्रोशको जगमा खुलेको एनसीपी आफैले ठूलो झट्का व्येहोरेको छ । यो भनेको आन्दोलनको लोकप्रियताले नै चुनाव जितिन्छ भन्ने सोचलाई खण्डित गरिदिएको छ । नेपालमा पनि अहिले आकर्षण र लोकप्रियता रवि लामिछाने, बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिन्छ । उसो त पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले रक्षात्मक अवस्थामा देखिएका छन् । यही अनुक्रममा फागुन २१ मा निर्वाचन हुँदैछ । यस निर्वाचनमा नयाँ दल र उम्मेदवारले पुरानालाई देश बिगार्ने खराब नेता र पुरानाले नयाँलाई जेनजी आन्दोलनमा देशका राष्ट्रिय सम्पत्ति ध्वंस गर्ने जलाउनेको मतियारका रुपमा करार गर्दै भोट मागिरहेका छन् । अब नेपालीले बंगलादेशमको जस्तै अभिमत प्रकट गर्छन् या भिन्न ? फागुन २१ बंगलादेशको नतिजा पछि अझ बहुप्रतीक्षित बनेको छ ।

  • २०८२ फाल्गुन ३, आईतवार