• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

रेशमा एमालेको चुनावी अभियान : महिला परिचालनको जिम्मा उजेली शर्मालाई

  • २०८२ फाल्गुन ५, मंगलवार

बागलुङ ।    फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउने अभियानमा महिला परिचालनका लागि काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा एमाले काठेखोला गाउँपालिका कमिटिका उपसचिव उजेली शर्मालाई संयोजक तोकिएको छ । निर्वाचन परिचालनका लागि गठित वडा स्तरीय परिचालन समितिको सोमबार बसेको सचिवालय वैठकले शर्माको संयोजकत्वमा ६३ सदस्यीय वडा स्तरीय महिला परिचालन समिति गठन गरेको हो । साविक रेश गाविसका ९ वटा वडामा एक जना संयोजक सहित ७ जना महिलालाई निर्वाचन परिचालनको जिम्मेवारी दिइएको एमाले रेशका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । साविकका ९ वटा वडामा एमालेले ९ वटा टोल कमिटि गठन गरेको छ । प्रत्येक टोलमा एक जना संयोजक रहने गरी महिला परिचालन समिति गठन गरिएको शर्माको भनाइ छ ।

साविकको वडा नं. १ मा रक्षा पाण्डे, २ मा योगमाया गौतम, ३ मा तुलसी न्यौपाने, ४ मा अस्मिता गौतम, ५ मा पुनम थापा, ६ मा सरिता कार्की, ७ मा बिमला थापा ८ मा कमला कुँवर र ९ मा तारा जिसी संयोजक रहेको ७/७ सदस्यीय महिला परिचालन टोल कमिटि गठन गरिएको हो ।

महिला परिचालन समितिले निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी गराउनका लागि मतदाता भेटघाट, विपक्षीहरुले चलाएको हल्लाका बारेमा मतदातालाई सहजीकरण, एमालेका विरुद्ध हुने अफवाहको प्रतिवाद लगायतका काममा सहजीकरण गर्ने, महिलाहरुलाई संगठित र सक्रिय बनाउने गरी जिम्मेवारी दिइएको हो । सचिवालय वैठकले वडा नं. ७ रेशबाट जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने सबैलाई वडा बाडेर मुख्य जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै टोल टोलमा निर्वाचन परिचालनका लागि साविकका ९ वटा वडामा १० वटा टोल निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । साविक वडा नं. १ मा राज थापा संयोजक र डम्मर बहादुर थापा उपसंयोजक, २ मा डम्बर बहादुर थापा संयोजक लिल बहादुर थापा उपसंयोजक, वडा नंं. २ बौरमा होम बहादुर पुन संयोजक र भीम बहादुर पाण्डे उपसंयोजक, ३ मा याम बहादुर थापा संयोजक र जिवन थापा उपसंयोजक, ४ मा धन बहादुर जिसी संयोजक र किसान कार्की उपसंयोजक, ५ मा रन बहादुर मल्ल संयोजक र निर बहादु विक उपसंयोजक, ६ मा नर बहादुर कार्की संयोजक र बीर बहादुर कार्की उपसंयोजक, ७ मा बिरेन्द्र लामिछाने संयोजक र लाल बहादुर थापा उपसंयोजक, ८ मा बसन्ती कुँवर संयोजक र अमृता कुँवर उपसंयोजक तथा साविक वडा नं. ९ मा मेख बहादुर जिसी संयोजक तथा कृष्ण बहादुर थापा र गगन बहादुर कार्की उपसंयोजक रहेको टोलस्तरीय निर्वाचन परिचालन कमिटि गठन गरिएको शर्माले जानकारी दिनुभयो ।

नेकपा एमालेले काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा शारदा थापा संयोजक रहेको ३ सय १ सदस्यीय वडा स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । थापाको अध्यक्षतामा सम्पन्न सविचालय वैठकमा जिल्ला सचिवालय सदस्य प्रेम लामिछाने, जिल्ला सदस्यहरु भक्त बहादुर कुँवर, भूमिराज शर्मा, विष्णु गुरुङ लगायत पालिका कमिटिका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । नेकपा एमालेले बागलुङ क्षेत्र नं. १ मा जिल्ला अध्यक्ष हिरा बहादुर केसीलाई उम्मेदवार बनाएको छ । काठेखोला गाउँपालिका वडा नं. ३ धम्जा निवासी केसीको पक्षमा जनमत वृद्धि गर्नका लागि पार्टीको सम्पूर्ण नेता कार्यकर्ता, समर्थक शुभेच्छुकलाई आव्हान गर्ने निर्णय गरिएको एमाले रेशका वडा अध्यक्ष शर्माले बताउनुभयो ।

  • २०८२ फाल्गुन ५, मंगलवार