• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङ एकका आठ उम्मेदवार एउटै मञ्चमा

  • २०८२ फाल्गुन ५, मंगलवार

बागलुङ । बागलुङ क्षेत्र नम्बर एकका उम्मेदवारले जेसिज संवादमार्फत आफ्ना एजेण्डा सुनाएका छन् ।  मंगलबार बागलुङको ऐश्वर्य पार्कमा आयोजना गरेको नागरिकसंग उम्मेदवारको प्रत्यक्ष संवादमा बागलुङ क्षेत्र नम्बर एकका ८ जना उम्मेदवारले आफ्ना विकास र नीतिगत एजेण्डा सुनाएका छन् ।

नागरिकका प्रश्नको सवालमा उम्मेदवारहरुले आफूले नीतिगत सुधार गर्दै समृद्ध बागलुङ निर्माणमा भूमिका खेल्ने बताएका छन् । नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका हिरा केसीले जनताको सेवामा ३० वर्षदेखि काम गरिरहेको बताउदै अनुमोदन हुँने अवसर नपाएको बताउनुभयो । उहाँले बागलुङको भूगोल र समस्या चिनेको नेतालाई भोट हाल्न आग्रह गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर श्रीषले बागलुङको पूर्वाधार विकासमा जोड दिने बताउनुभयो । उहाँलेसुशासन कायम गर्नका लागि आफुले काम गर्ने बताउदै यहाँको विकास र समृद्धिको सहकार्य बन्न सहयोग पु¥याउने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील खड्काले नीतिगत सुधार आजको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले पुराना दललाई पन्छाएर नयाँ दलले मात्रै शुसासन कायम गर्न सक्ने बताउनुभयो । खड्काले जेन्जीको सपना पुरा गर्न आफू उद्यमसंगै निर्वाचनमा होमिएको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार कृष्ण अधिकारीले व्यवस्थालाई सुधार गर्दै संविधानको रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको सुनाउनुभयो । राप्रपाका उम्मेदवार कल्याण आचार्यले हिन्दु धर्म र राजसंस्थाका लागि अगुवाई गर्ने धारणा व्यक्त गर्दै बहुमत आउदा हिन्दुराज्य कायम गर्ने उद्घोष गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार टेकबहादुर केसीले आजातले जनयुद्दका लक्ष्य पूरा गर्ने काममा लाग्ने बताउनुभयो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार चित्र सापकोटाले परिवर्तनका लागि युवाहरु गोलबद्द गर्ने र विकास तथा सुशासनका क्षेत्रमा काम गर्ने बताउनुभयो । नेपाल मानवतावादी पार्टीका उम्मेदवार भक्तबहादुर विकले सामाजिक न्यायका लागि परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । बागलुङ जेसीजका अध्यक्ष अन्जिला श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन जेसीजकर्मी एवं पत्रकार ताराप्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो ।

  • २०८२ फाल्गुन ५, मंगलवार