• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

बडिगाड जीप दुर्घटनामा चार घाइते

  • २०८२ फाल्गुन ६, बुधबार

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–८ खोलाखर्कमा जीप दुर्घटनामा गलकोटको हटिया जाँदै गरेको ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप दुर्घटनामा हुँदा चार जना घाइते भएका छन् ।
उकालो चढ्ने क्रममा ब्रेक फेल भई जीप अन्दाजी २५ मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् । घाइतेहरुमा ७२ वर्षिय याम बहादुर श्रीस र ५७ वर्षिय वेद बहादुर श्रीस ४० वर्षिय लिल बहादुर श्रीस र २० वर्षिय चालक सुनिल वि.क रहेका छन् ।

दुर्घटनापछि स्थानीयवासीहरू तत्काल उद्धारगरी गलकोट नगर अस्पताल ल्याउदै  गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिनुभयो ।

  • २०८२ फाल्गुन ६, बुधबार