• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

राप्रपाका कान्छा उम्मेदवार कल्याण आचार्य : अब्बल युवा नेता, कालीगण्डकी बचाउने एजेण्डा

  • २०८२ फाल्गुन १०, आईतवार

बागलुङ । बागलुङको जैमिनी नगरपाकिला–१ कुश्मिसेरामा जन्मनुभएका कल्याण विक्रम आचार्य देशभरमै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कान्छा उम्मेदवार मध्येबाट चुनावी मैदानमा व्यस्त छन् । व्यवस्थापन र कानून विषयमा स्नातक गर्नुभएको आचार्य चुनावी एजेण्डासहित घरदैलोमा व्यस्त हुनुहन्छ ।  ३१ वर्षमा संसदको यात्रामा हिडेका उनि अहिले मत माग्न व्यस्त छन् ।  राप्रपाको तर्फबाट बागलुङ क्षेत्र नम्बरका उम्मेदवार बन्नुभएका आचार्य युवा व्यवसायी समेत हुन् । देशमा परिवर्तन युवाबाटै संभव रहको बताउदै राप्रपाको युवा संगठन हाक्दै आउनुभएका आचार्य घरदैलोमा व्यस्त छन् ।

पूर्व सञ्चारकर्मी, उपन्यासकार तथा युवा उद्यमी रहेका आचार्य राप्रपा सम्बद्ध युवा संगठन केन्द्रीय प्रवक्ताको रुपमा काम गर्दै आएका छन् । शान्ति स्थिरता र सुशासनको पक्ष र नेपालको निर्णायकत्व नेपाली जनताको हातमा रहनुपर्छ भन्ने मान्यताका साथ हाफू हलो नीति लिएर चुनावमा आएको बताउनुहुन्छ ।

आचार्यले धार्मिक आस्थासंग जोडिएको कालीगण्डकी नदीमा मात्रै पाइने शालग्राम शिलाको संरक्षण गर्दै नदी दोहन बन्द गर्न आफूले संसदमा पुगेपछी आवाज उठाउने बताए । ‘कालीगण्डकी किनारका क्षेत्रलाई शालिग्राम करिडोरका रूपमा विकास गरी नदीको अनावश्यक दोहन बन्द गर्ने, बागलुङलाई धार्मिक पर्यटनको केन्द्र बनाई दामोदर कुण्डदेखि त्रिवेणी धाम जोड्ने धार्मिक रुटको विकास गर्ने’ आचार्यले भने ‘धौलागिरि प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोडलमा विकास गरी अध्यापन सुरु गर्ने, नवप्रवर्तनमा आधारित शिक्षा, स्वास्थ्य, कृषि, सुचना प्रविधी निति अवलम्बन लक्ष्यका साथ घर दैलोमा हिडेको छु । बागलुङ बजारको केही स्थान राप्रपाको गढका रुपमा समेत रहँदै आएको छ ।

राष्ट्रिय एकता र स्थिरताका लागि ‘अभिभावकीय’ भूमिकामा संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू अधिराज्यको स्थापना, शासकीय स्थिरता र विकासका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाकाका लागि राप्रपा निर्वाचनमा होमिएको आचार्यको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म ‘एक घर, एक धारा’ अभियानलाई पूर्णता दिदै र मुहानमै अल्ट्रा–फिल्ट्रेसन प्रणाली जडान गर्ने योजना आचार्यले सुनाए । आचार्यले बागलुङलाई आईटी हब र फ्रिल्यान्सिङ ट्रेनिङ सेन्टर सञ्चालन गर्न आफूले पहल गर्ने जानकारी दिए । आचार्यले बागलुङ कालिका, जैमिनी धाम, पञ्चकोट, शालिग्राम संग्रहालय, गाजाको दह, हाँडिकोट, भकुन्डे, बेलढुङ्गा, बौर, बलेवा भैरवस्थान लगायतका गन्तव्यलाई विश्वकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्न आफूलाई मत मागिरहेको जानकारी दिए ।

साहसिक पर्यटन र ट्रेकिङका नयाँ सम्भावनाहरूको खोजी, सार्वजनिक जग्गाको खोजतलास र धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण गरिनेछ । सरकारी वेतनधारी दलीय भ्रातृ संगठनहरूको पूर्ण खारेजी गरिने हलो नीतिमा आचार्यले उल्लेख गर्नुभयो । राष्ट्रसेवक कर्मचारीहरूको सेवा–सुविधामा वृद्धि र साना ऋणी एवं निर्माण व्यवसायीहरूलाई राहत प्याकेज उपलब्ध गराउदै बागलुङका हरेक बेथिति विरुद्ध सदनमा बुलन्द आवाज उठाउँदै यस क्षेत्रका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्नका लागि मत माग्दै आचार्य घरदैलोमा पुगेका छन् ।

  • २०८२ फाल्गुन १०, आईतवार