• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङ–२ : कांग्रेसका पौडेललाई प्रलोपाका उम्मेदवारको साथ

  • २०८२ फाल्गुन १३, बुधबार

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराजपौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ ।

आज ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपा)का उम्मेदवार पदमबहादुर कुँवरले नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई समर्थन गरेका हुन् । बुधबार कांग्रेसका उम्मेदवार टेकराज पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले पौडेललाई सघाउने बताउदै आफ्नो उम्मेदवारी भौतिकरुपमा नरेहको जनाउदै प्रत्यक्ष उम्मेदवार पौडेल र समानुपातिक उम्मेदवार रेनुका काउचालाई समर्थन गरेको घोषणा गर्नुभएको थियो ।

माओवादी नेकपा भएपछि कुँवर प्रलोपामा लाग्नुभएको थियो । आफू उम्मेदवार बन्दा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउन सक्ने भन्दै पौडेललाई सघाउने निर्णय गरेको कुँवरको भनाई छ । उहाँको समर्थनसँगै प्रलोपाका नेता कार्यकर्ताहरु भने अन्योलमा देखिएका छन् । पौडेलले पश्चिम बागलुङलाई समृद्ध बनाउनेगरी आफ्नो घोषणा पत्र सार्वजनिक गर्नुभएको छ ।

  • २०८२ फाल्गुन १३, बुधबार