• २०८३ आश्विन २७, मंगलवार
  • 2026 October 13, Tuesday

मगर दिवसमा निसीखोला गाउँपालिकाले दियो सार्वजनिक बिदा

  • २०८२ फाल्गुन १४, बिहीबार

बागलुङ । ४४ औँ मगर एकता दिवसको अवसरमा निसीखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । निसीखोला गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै २०८२ फागुन १५ गते गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा वित्तीय संस्थासहित सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गाउँसभाको निर्णय तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार मगर समुदायको सांस्कृतिक पहिचान र योगदानको सम्मानस्वरूप उक्त दिन बिदा दिइएको निमित्त प्रशासकीय अधिकृत दिलिप कुमार चन्दले जानकारी दिनुभयो । निसीखोला गाउँपालिका मगर समुदायको बाहुल्यता रहेको छ ।

  • २०८२ फाल्गुन १४, बिहीबार