• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

बागलुङमा आयो बजाजको ‘चेतक’ विद्युतीय स्कुटर

  • २०८२ फाल्गुन १४, बिहीबार

बागलुङ । गण्डकी प्रदेशमै पहिलोपटक बागलुङमा बजाजको चेतक स्कुटर बागलुङमा भित्रएको छ । शिवशक्ति अटो मोबाइल्सले बजाज कम्पनीको विद्युतीय स्कुटर ‘चेतक’ बागलुङमा भित्राएको छ । पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक ६१ हजार बचतको योजना देखाउदै चेतकले आफुनो स्कुुटर सार्वजनिक गरेको हो ।

बागलुङ नगरपालिका–१ रामरेखास्थित बजाज शो रुममा बिहीबारदेखि विद्युतीय स्कुटर सार्वजनिक गरेर बिक्री गर्न थालिएको शिवशक्ति अटो मोबाइल्सका सञ्चालक शिवशङ्कर शाहले बताउनुभयो ।

उहाँले गण्डके प्रदेशको पोखरामा समेत आइनसकेको चेतकलाई बागलुङ ल्याएको जानकारी दिनुभयो । स्कुटरको शुरको मुल्य अफर सहित रु. तीन लाख २४ हजार ९०० रहेको शाहले जानकारी दिनुभयो ।

स्कुटरको वास्तविक मूल्य भने रु. तीन लाख ३९ हजार ९०० सय रहेको छ ।  स्कुटर एकपटक फुल जार्च गरेपछि एक सय ३० किमिसम्म गुड्ने बताउदै पहाडी भोगोलमा समेत स्कुटर जाने बताउनुभयो । चेतकमा ३.५ किलोवाट क्षमताको ब्याट्री, टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्युजिक कन्ट्रोल लगायतको सुविधा रहेको छ ।

  • २०८२ फाल्गुन १४, बिहीबार