• २०८३ आश्विन २७, मंगलवार
  • 2026 October 13, Tuesday

ताराखोलामा किन आए गृहसचिव र प्रहरी महानिरिक्षक दान बहादुर कार्की

  • २०८२ फाल्गुन १६, शनिबार

बागलुङ । जनताले सुरक्षित मतादाधिकार प्रयोग गर्ने वातावरण सरकारले बनाएको एक अन्तरक्रिर्या कार्यक्रममा सहभागीले बताएका छन् । नेपाल सरकारका गृह सचिव राजकुमार श्रेष्ठको नेतृत्वमा बागलुङको ताराखोला आएको सुरक्षा निकाएको केन्द्रिय समूहले आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा मतदाताले ढुक्क भएर मताधिकार प्रकट गर्ने बातावरण तयार भएको बताइएको छ ।

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले मतदाताले ढुक्क भएर मत प्रकट गर्ने र मतपेटिका सुरक्षित तरिकाले मतगणनास्थालमा पु¥याउने बातावरण मिलाउन स्थानीय तहको समेत ठूलो भूमिका रहेको बताउनुभएको छ । मतदातालाई करकाव नगरी आफै मत राख्ने व्यवस्था गर्नुपर्ने श्रेष्ठको भनाई छ ।
उहाँले स्थानीय तहका जनप्रतिनिधिले स्थानीय स्तरमा विवादरहित चुनाव सम्पन्न गर्न ठूलो भुमिका रहने बताउनुभएको छ ।

अन्तरक्रिया कार्यक्रममा गृह सचिव श्रेष्ठको नेतृत्वमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, बागलुङ जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारी, ताराखोला गाउपालिका अध्यक्ष धन बहादुर बि.क. प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रहरी उपरिक्षक तिलक भारती, अनुसन्धान उपनिर्देशक नगेन्द्र गिरीलगायतको उपस्थितिमा ताराखोला सहित सिंगो बागलुङमा भयरहित बातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन सबैको भूमिका समेत रहेको बताइएको थियो ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बागलुङ जिल्ला समेत सुरक्षा संवेदनशीलताका हिसाबले सतर्क रहेर काम गर्नुपर्ने अवस्था रहेकाले सुरक्षाका सबै अंगलाई अलर्ट भएर दिनरात खट्न आग्रह गर्नुभयो ।

महानिरीक्षक कार्कीले सबै सुरक्षाकर्मीले निर्वाचनको अवधिमा भित्री घेरा, अपाङ्गको हकमा विशेष ख्याल गर्न निर्देशन समेत दिनुभएको थियो । उहाँले निर्वाचन विरोधी गतिविधि, संकास्पद वस्तु राख्न सक्ने लगायतको अवस्थालाई आकलन गर्दै मतदानस्थलसम्म ढुक्क तरिकाले जाने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । कार्कीले सामाजिक सञ्जालमा अफवाह फैलाएनेलाई विशेष निगरानी गर्न निर्देशन दिनुभयो ।

“मतदान गर्ने बातावरण तयार गर्ने, मतदानपछिको मतपेटिका सुरक्षित स्थानमा पु¥याउने बेलासम्म निकै ध्यान दिएर काम गर्न आवश्यक छ” कार्कीले भन्नुभयो “जनताको मत परिणाम आइनसक्दा सम्म सुरक्षित राख्ने सुरक्षा निकायको जिम्मा हो ।” प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बागलुङको सुरक्षा व्यवस्था र निर्वाचनको तयारीको विषयमा जानकारी गराउनुभएको थियो ।

  • २०८२ फाल्गुन १६, शनिबार