• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङमा फलामे तारजाली र सिसि क्यामेरा सहित तयार पारियो मतगणनास्थल

  • २०८२ फाल्गुन १९, मंगलवार

बागलुङ । बागलुङमा कायम भएको दुई मत गणनास्थल तारजाली र सिसि क्यामेरा सहित तयार पारिएको छ ।  दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालय रहेको ढोरपाटन नगरपालिका–२ कुथाप्लोमा सिसि क्यामेरा र तारजाली सहित मतगणनास्थल तयार गरिएको हो ।

यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय रहेको दुई स्थानमै फलामे तारजाली लगाइएको छ भने ध्वनी सहित भिडियो रेकर्ड गर्ने सिसि क्यामेरा राखिएको मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले जानकारी दिनुभयो ।

मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणना स्थललाई तारजाली, सिसी टिभी जडान लगायतका कामहरू सम्पन्न भएको अधिकारीले जानकारी दिनुभयो । तारजाली भित्र मत गणक कर्मचारी बस्ने र पारदर्शी तारजाली बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा हुन सक्ने समस्यालाई अन्त्य गर्दै दुई वटै स्थानमा भरपर्दो ढंगले मत गणना गर्न सक्नेगरी तयारी गरिएको हो ।
मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले फलामे तारजालीबाट मतगणना हेर्न मिल्ने छ ।

मुख्य निर्वाचन अधिकृत अधिकारीले भन्नुभयो, ‘‘मतगणना सुुरु भएपछि गणना स्थलको सुरक्षा व्यवस्था कडा पारिने छ, मानिस भन्दा अग्लो फलामे तारजाली राखिएको छ, तारबार भित्र गणक मात्रै बस्न सक्नेछन्, प्रतिनिधिले बाहिरबाट हेर्न मल्निे तर फड्किएर मतपत्र भेट्न सक्दैनन्,मतदान सम्पन्न भएको २४ घण्टा अगावै मतपेटिका ल्याएर गणना गरिने व्यवस्था मिलाइने छ ।

  • २०८२ फाल्गुन १९, मंगलवार