बागलुङ । ५५ मतदाता रहेको बागलुङ कारागारको अस्थायी मदतान केन्द्रमा मतदान सम्पन्न भएको छ ।
५३ कैदीबन्दी र दुई कर्मचारी गरी जम्मा ५५ मतदाता रहेको जिल्ला कारागार बागलुङमा ५३ मत खसेको छ ।
समानुपातिक प्रणालीको मात्रै मतदान हुने केन्द्रमा ९६.३६ मत खसेको मतदान अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
बागलुङ कारागारमा रहेकामध्ये मतदाता परिचयपत्रमा नाम भएका ५३ जना कैदीबन्दीमध्ये एक जना स्थानान्तरण र एक जना कैदमुक्त भइसकेकाले ५१ जना कैदीबन्दी र दुई कर्मचारीले मतदान गरेका छन् । मतदान सम्पन्न भएपछि दलका प्रतिनिधिको रोहबरमा मतपेटिका बुझाउने प्रकृया थालिएको छ ।
बागलुङमा दुई अस्थायी मतदान केन्द्र र १०७ मतदानस्थल र २३० स्थायी मतदान केन्द्रमा कुल एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन् ।