• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङमा ५० प्रतिशत मत खस्यो

  • २०८२ फाल्गुन २१, बिहीबार

बागलुङ । बागलुङमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान बेलुका ५ बजे सम्पन्न भएको छ ।

जिल्लामा ५०.१९ प्रतिशत मत खसेको छ । जिल्लाभर ९७ हजार ५० मत खसेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत नवराज बरालले जानकारी दिनुभयो ।

कुल मतदाता मध्ये ५२ हजार ८८१ महिला र ४४ हजार १६८ पुरुष र एक अन्य गरी ९७ हजार ५० मत खसेको बरालले जानकारी दिनुभयो । १० स्थानीय तह रहेको बागलुङमा अहिले मत पेटिका संकलनको कार्य भइरहेको छ ।
बागलुङ जिल्लामा १३० मतदान केन्द्रबाट एक लाख ९३ हजार ३ सय ८१ जना मतदाता रहेका थिए । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएकोे मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले जानकारी दिनुभयो । जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राखिएको छ । बागलुङ कारागारमा ५५ मतदाता मध्ये ५३ जनाले मत खसेको थियो ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार मैदानमा थिए । मतदानमा कुनैपनि अप्रिय घटना नघटेको मुख्य निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

  • २०८२ फाल्गुन २१, बिहीबार