• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङ–१ मा मतगणना अन्योलमा

  • २०८२ फाल्गुन २२, शुक्रबार

 

बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मत गणनामा ढिलाई भएको छ । राजनेतिक दलका प्रतिनिधि र मुख्य निर्वाचन अधिकृतको कार्यालयबीच सहमती नजुट्दा मत गणनामा ढिलाई भएको हो ।

आज बिहान अबेर सम्पन्न सर्वदलीय बैठकले विहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि मतदानस्थल अनुसार मतगणना गनुपर्ने राजनैतिक दलहरुको माग भएका कारण दिउँसो १२ ः३० बजसम्म मत गणना हुन नसकेको हो ।

प्रत्येक मतदानस्थलको अलग–अलग गणना गर्नु पर्ने माग दलका प्रतिनिधिहरुको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका प्रमुख सिता शर्मा अधिकारी सहमति जनाउनुभएको छैन ।

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी प्रतिनिधिले मिसाएर गणनामा सहमती जनाएपनि अन्य दल नेपाली कांग्रेस, एमाले, राजमो लगायतका दलले वडागत मत गण्नाको माग गरेको बुझिएको छ ।

  • २०८२ फाल्गुन २२, शुक्रबार