बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहँदा रास्वपाका सुशिल खड्काको अग्रता कायमै रहेको छ । काठेखोला गाउँपालिका–१, २ र बागलुङ नगरपालिका–१ र २ को जम्मा ४ हजार ९२६ मत गन्दा रास्वपाको अग्रता कायमै देखिएको छ । खड्काले नेकपा एमालेका उम्मेदवार हिरा बहादुर केसीलाई एक हजार २३९ मतान्तरले पछाडि पारेका छन् ।
अहिले सम्मको मत परिणाम अनुसार रास्वपाका सुशिल खड्काले शुरुवाती अग्रता लिदै आउनुभएको छ । खड्काले दुई हजार ३३८ मत ल्याउदा नेकपा एमालेका हिरा बहादुर केसीले एक हजार ९९ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका भीस श्रीसल एक हजार ८७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राजमोका कृष्ण अधिकारीले ११८ मत र राप्रपाका कल्याण विक्रम आचार्यले ४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो । मतगणना दुई स्थानमा थालिएको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।