• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङका दुई वटै क्षेत्रमा रास्वपाको अग्रता

  • २०८२ फाल्गुन २२, शुक्रबार

बागलुङ । बागलुङ जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमै रास्वपाका उम्मेदवारले शुरुवातदेखिनै अग्रता कायम गरिएको छ । बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहँदा रास्वपाका सुशिल खड्काको अग्रता कायमै रहेको छ । काठेखोला गाउँपालिका–१, २ र बागलुङ नगरपालिका–१ र २ को जम्मा ४ हजार ९२६ मत गन्दा रास्वपाको अग्रता कायमै देखिएको छ । खड्काले नेकपा एमालेका उम्मेदवार हिरा बहादुर केसीलाई एक हजार २३९ मतान्तरले पछाडि पारेका छन् ।

अहिले सम्मको मत परिणाम अनुसार रास्वपाका सुशिल खड्काले शुरुवाती अग्रता लिदै आउनुभएको छ । खड्काले दुई हजार ३३८ मत ल्याउदा नेकपा एमालेका हिरा बहादुर केसीले एक हजार ९९ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका भीस श्रीसल एक हजार ८७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राजमोका कृष्ण अधिकारीले ११८ मत र राप्रपाका कल्याण विक्रम आचार्यले ४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो । मतगणना दुई स्थानमा थालिएको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बागलुङ क्षेत्र नं. २ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्माको अग्रता कायमै रहेको छ ।
१६ हजार १६६ मत गन्दा घन्टी चुनाव चिन्हबाट उम्मेदवारी दिएका शर्मा ४ हजार ४६४ मतसहित पहिलो स्थानमा हुनहुन्छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले रुख चिन्हबाट ३ हजार ९५६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का ज्ञामनाथ गैरे (तारा)ले ३ हजार ८७२ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसे (सूर्य) ले २ हजार ६३० मत प्राप्त गर्नुभएको छ । हालसम्मको मतगणनामा सोम शर्मा निकटतम प्रतिस्पर्धी पौडेलभन्दा ५०८ मतले अघि हुनुहुन्छ ।

  • २०८२ फाल्गुन २२, शुक्रबार